रञ्जन अधिकारी । पोखरा सभागृह गेट नजिकै इभा ट्रेडर्स सञ्चालन गर्दै आएका फरिन्द्र ढुंगानाले मिटर ब्याजी साहुका कारण जिवन असहज भएको भन्दै साहुहरुकै नाम किटेर सुसाइड नोट छाडेका छन् । उनले पत्रमा सुरुमा श्रीमती अनिताका लागि, त्यसपछि ससुराली दाजुभाइका लागि र अन्तिममा आफूले यो कदम उठाउनुपरेको कारण खोतलेका छन् ।
ट्रेडर्सका संचालक ३५ वर्षीय ढुंगाना शनिबार बेलुकीदेखि सम्पर्कविहीन छन् । कास्की धिताल घर भएका ढुंगानाका श्रीमती, छोरी र एक महिनाको छोरो छ । उनले लिएर गएको स्कुटर पोखराको चोरसाँघु नजिकै एसओएस स्कुल अगाडि भेटियो । चाबी त्यहाँ नभेटिएपछि सालो भाइले घरमा आएर चाबी लगेर खोल्दा त्यहाँ सुसाइड नोट भेटियो । स्थानीयहरुले पनि राति साढे ८ बजेतिर पुरुष व्यक्ति आएको र एकैछिनमा केहि लडेको आवाज सुनेको भनेपछि घटनास्थल पुग्दा झाडी माडिएको अवस्था भएको कारण उनले त्यहीं आत्महत्या गरेको सम्भावना नकार्न नसकिने कास्की प्रहरीले जनाएको छ ।
उनले परिवारका लागि लेखेको सुसाइड नोटमा बाहिरी मानिसको व्यवसायिक टर्चरले घर छोडेर हिँड्न बाध्य भएको उल्लेख गरेका छन् । उनले मिटर ब्याजी साहुका कारण ज्यान फालेको स्पष्ट पनिपारेका छन् । आर्थिक समस्यामा परेको लेख्दै उनले माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता मिटर ब्याजी साहुका कारण आफूजस्ता धेरेको जिवन असहज बन्दै गइरहेको सुसाइड नोटको अन्तिम वाक्यमा लेखेका छन् ।
उनले लेखेका छन्ः ‘म आर्थिक समस्यामा परेको छु । माधवलाल श्रेष्ठ, बालकृष्ण घिमिरे जस्ता अझ धेरै साहुहरुसँग कारोबार गर्नाले । १०० कडा ५०, ६०, ८० प्रतिशत सम्म ब्याज असुली गर्दै आएका थिए । यिनीहरु जस्ताले गर्दा मेरो यो हालत भयो । कोहि कसैले चेक देखाएर धम्काउन मिल्दैन । किनकी यी सबैले मबाट डबल त्रिबल गरी असुल उपर गरिसकेका छन् । दुई तीन गुण असुली गर्नेहरुले गर्दा नै समाजमा म जस्ता धेरैको जिवन असहज बन्दै गईरहेको छ ।’
मिटरब्याजीका कारण कोहि मालामाल भएको, कसैले धान्न नसकेर यसरी जीवन नै फाल्नुपर्ने जस्तो कदम उठाउन बाध्य भएको कुराहरु आइरहँदा यस घटनाले थप गम्भिर बनाएको छ । कास्की प्रहरी प्रमुख एसपी ओमबहादुर रानालाई हामीले सोध्यौंः ‘मिटर ब्याजी चलाउनेहरु विरुद्ध अब कसरी लाग्ने ?’ रानाले भने– ‘यो घटनाको अनुसन्धानसँगै हामी यस विषयलाई गम्भिरताका साथ लागिपर्दछौं ।’
श्रीमती, छोरी र एक महिने छोरो हेर्न ससुराली दाजुभाइलाई आग्रह
यसैबीच, पत्रको सुरुमै ढुंगानाले श्रीमती अनिता कुमारी बाँस्तोलालाई प्यारी श्रीमती भन्दै दुई वाक्य लेखेका छन् । मैले त संघर्ष गर्न सकिनँ तर तिमीमा त्यो क्षमता देखेको छु । अब बाकी जिवन छोरा र छोरीको जिम्मेवारी सम्हाल्दै र मैले गरेका गल्ती प्रति असहजताको समय गुजार्दै जानुपर्ने हुनाले त्यसप्रति माफी चाहन्छु माफ गरिदेउ । मैले तिमीलाई कहिल्यै सुख दिन सकिनँ, त्यसप्रति क्षमा माग्दछु । सानु छोरा र छोरीलाई तिम्रो जिम्मामा छाडेको छु । उही तिमीलाई दुःखी बनाउने फरिन्द्र ढुंगाना, अलबिदा लेखेका छन् ।
साथै, दाइ सुदर्शन पोख्रेललाई हजुरलाई ठूलो जिम्मा लगाएको छु, बहिनी भाञ्जा भाञ्जीको आँखामा आँशु कहिल्यै पनि नखसाओस् भनेका छन् । सालो भाइहरु सागर र शुशिललाई दिदी र भाञ्जा भाञ्जीको कहिल्यै पनि साथ नछाडी, जस्तोसुकै परिस्थितिमा पनि दिदीको संरक्षण र हेरचाह गर्न भनेका छन् । हर व्यक्तिहरु कुटुम्ब एक हुँदैनन्, त्यसकारण सबै परिस्थितिमा साथ नछाड्नुहोला भनेका छन् ।
व्यवहार बिग्रेपछि देश छाड्न गरिएकाे नाटक ?
यद्यपी, ढुंगानासँग निकट केहीले भने एक महिनाकाे छाेराे छाडेर देहत्याग गर्नेमा शंका गरेका छन् । उनले स्कुटी डिलमा राखेर ढुंगा पल्टाएर त्यसपछि नेपाल छाडेर भारत पसेकाे हुनसक्ने पनि शंका गरिएकाे छ ।
(पीडित परिवारलाई पर्न सक्ने मानसिक असरलाई मध्यनजर गर्दै उनको हस्तलिखित पत्र सार्वजनिक नगरिएकोः गण्डकन्युज सं.)
यो पनि पढ्नुहोस्
http://gandaknews.com/dhungana-bepatta/
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
रविले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री र गृहमन्त्री नै गएनन्
देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प, बिरामी मर्कामा