तनहुँ । तनहुँको व्यास नगरपालिका १ गल्बुवेसी र व्यास ४ सिमलटार बागभञ्ज्याङ्ग जोड्ने ४५ दशमलव ६ मिटर लामो बुल्दी (व्यास) खोला मोटरेवल पुलको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले शनिबार उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले देशको विकास निर्माणमा सत्ता पक्ष र प्रतिपक्ष भन्न नहुने बताएका छन् । सत्ता पक्ष र प्रतिपक्षको सहयोग विना देशको विकास गर्न कठिन हुन्छ भन्दै देशका हरेक क्षेत्रको विकास निर्माणमा सहयोगी हुनुपर्ने बताए ।

उनले प्रतिपक्षले ल्याएको आयोजना तथा विकास निर्माणका कार्यहरुलाई पक्षपात नगरेको स्पष्ट पारे । देशको सबै क्षेत्रको विकासमा सत्ता पक्षले कहिले पनि पक्षपात नगरी समावेशी रुपमा अगाडि बढेको उनको भनाई थियो ।
६ महिनामा मुलुकभरका ७५ देखि ७९ वटा पुल निर्माण सम्पन्न गरिएको उनको भनाई छ । “७५ जिल्लाको १४ वटा पुल थपेर सिधा सडक बनाउनेछौँ, २ वर्षपछि नेपालको घुम्ती सडकहरु हुँदैन भन्दै उनले ४ वर्षभित्र देशका विभिन्न राजमार्गहरु ४ लेनको निर्माण गरिने बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्यद्वय कृष्ण कुमार श्रेष्ठ र केदार सिग्देलले विकास निर्माणमा राजनीतिक आग्रह पूर्वाग्रह राख्न नहुने बताएका थिए ।

उनीहरुले विकास निर्माणले गति लिइरहेको भन्दै प्रतिपक्षले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । प्रदेश सांसदद्वय डोवाटे विकास र सरिता गुरुङ्गले बजेट जुनसुकै पार्टीले पारेपनि सुविधा जनताले पाउने भएकोमा खुशी व्यक्त गर्नुपर्ने बताए । सांसदद्वयले विकास निर्माणमा सबैको सहमति र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएका थिए ।

सम्बन्धित खबर
स्याङ्जा–१ मा किरियापुत्रीले गरे मतदान
स्याङ्जाका अस्थायी मतदातालाई केन्द्र तोकियो, कहाँ गएर हाल्ने मत ?
स्याङ्जाका दुवै निर्वाचन क्षेत्रमा तारजाली र सीसीटिभीसहित मतगणना स्थल तयार
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
स्याङ्जाका सबै मतदान केन्द्रमा पुर्याइयो निर्वाचन सामग्री
मौन अवधि आज रातिदेखि, प्रचारमा कडाइ
यो पनि पढौँ
यूएईमा इरानको आक्रमणमा परेर एक नेपालीसहित ३ जनाको मृत्यु
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
प्रतिभा माविमा साहित्य, कला र संगीतको मेला
अहिले खण्डग्रास चन्द्रग्रहण लाग्दै, हेर्न हुन्छ कि हुँदैन ?