तनहुँ । तनहुँको व्यास नगरपालिका १ गल्बुवेसी र व्यास ४ सिमलटार बागभञ्ज्याङ्ग जोड्ने ४५ दशमलव ६ मिटर लामो बुल्दी (व्यास) खोला मोटरेवल पुलको नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबिर महासेठले शनिबार उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री महासेठले देशको विकास निर्माणमा सत्ता पक्ष र प्रतिपक्ष भन्न नहुने बताएका छन् । सत्ता पक्ष र प्रतिपक्षको सहयोग विना देशको विकास गर्न कठिन हुन्छ भन्दै देशका हरेक क्षेत्रको विकास निर्माणमा सहयोगी हुनुपर्ने बताए ।

उनले प्रतिपक्षले ल्याएको आयोजना तथा विकास निर्माणका कार्यहरुलाई पक्षपात नगरेको स्पष्ट पारे । देशको सबै क्षेत्रको विकासमा सत्ता पक्षले कहिले पनि पक्षपात नगरी समावेशी रुपमा अगाडि बढेको उनको भनाई थियो ।
६ महिनामा मुलुकभरका ७५ देखि ७९ वटा पुल निर्माण सम्पन्न गरिएको उनको भनाई छ । “७५ जिल्लाको १४ वटा पुल थपेर सिधा सडक बनाउनेछौँ, २ वर्षपछि नेपालको घुम्ती सडकहरु हुँदैन भन्दै उनले ४ वर्षभित्र देशका विभिन्न राजमार्गहरु ४ लेनको निर्माण गरिने बताए । कार्यक्रममा प्रतिनिधि सभा सदस्यद्वय कृष्ण कुमार श्रेष्ठ र केदार सिग्देलले विकास निर्माणमा राजनीतिक आग्रह पूर्वाग्रह राख्न नहुने बताएका थिए ।

उनीहरुले विकास निर्माणले गति लिइरहेको भन्दै प्रतिपक्षले सहयोग गर्नुपर्नेमा जोड दिएका थिए । प्रदेश सांसदद्वय डोवाटे विकास र सरिता गुरुङ्गले बजेट जुनसुकै पार्टीले पारेपनि सुविधा जनताले पाउने भएकोमा खुशी व्यक्त गर्नुपर्ने बताए । सांसदद्वयले विकास निर्माणमा सबैको सहमति र सहकार्यबाट अगाडि बढ्नुपर्ने बताएका थिए ।

सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ