तपाईं बाइक चलाउनुहुन्छ ? अब पार्किङ गरेर कतै जानुपर्दा सचेत रहनुहोला । पोखरामा दुई दिनमै ९ वटा बाइक हराएको गुनासो आएको छ । प्रहरीमा भने दुई दिनमा पाँच वटा बाइक हराएको मात्र जानकारी प्राप्त भएको कास्की ट्राफिकले जनाएको छ ।
स्याङ्जा पौवेगौडे घर भई बिरौटा बस्दै आएका ला ग्राण्डीका विद्यार्थी दिनेश रेग्मीले दारी ग्याङ समूहमा बाइक हराएको भन्दै तस्विर सहित पोस्ट गरे । उनले स्याङ्जाकै युवकको बाइक हराएको सम्बन्धी पोस्ट गर्दै आइतबार ७ र सोमबार सोहि ठाउँबाट २ वटा बाइक हराएको स्टाटस लेखेका हुन् ।
स्याङ्जा आँधीखोला पाख्रीबोटका चोलाकान्त पौडेल पोखरामा बसेर कोरियन भाषा सिक्दै आएका छन् । आइतबार बिहानै ६ बजे भाषा कक्षा सिक्न आएका पौडेलले चिप्लेढुंगा स्थित विशाल बजार छिर्ने गेट नेर आफ्नो ग १५ प २८१८ नम्बरको बाइक पार्किङ गरेका थिए । तर कक्षा सकेर बाहिर निस्कने बेला आफ्नो बाइक देखेनन् । त्यसपछि उनी प्रहरीकहाँ पुगे ।
प्रहरीले आइतबार र सोमबार दिउँसो ३ बजेसम्ममा ५ वटा बाइक हराएको जानकारी आएको बताएको छ । चिप्लेढुंगाबाट ग १५ प २८१८ सहित ओपनहाउसबाट ग१४प ७८८३, बाझापाटनबाट ग१३प ७७५६, चिप्लेढुंगाबाट ग४प ६३७८, काजीपोखरीबाट ग३प ११३८ नम्बरको बाइक हराएको उजुरी टिपाएको ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ ।
कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले बाइक हराएकोबारे अनुसन्धान कमिटि नै बनाउने तयारी भएको जनाए । उनले आफूले एक दिनमै यति धेरै संख्यामा बाइक हराएको बारे आफूलाई थाहा नभएको प्रतिक्रिया दिए ।
गत चैत दोस्रो साता कास्की प्रहरीले बाइक चोर्ने गिरोह नै सार्वजनिक गरेको थियो । पोखरा र तनहुँको भिमाद क्षेत्रबाट ११ जना बाइक चोरहरुलाई पक्रिन सफल भएको थियो । कास्की प्रहरीको यो ठूलो सफलता थियो ।

गत चैत १२ गते कास्की प्रहरीले सार्वजनिक गरेको चोरीका फेला परेका बाइक र चोरहरु ।
तर, पोखरामा एकैदिन आधा दर्जन बाइक चोरी भएपछि बाइक चालक त्रसित छन् । कास्की प्रहरीलाई चुनौति थपिएको छ ।
सम्बन्धित समाचार:
यही हो बाइक चोर्ने गिरोह, टार्गेटमा २२० पल्सर, कसरी चोर्थे ? हेर्नुहोस्
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु