कास्की : अचानक लड्न गई मृत्यु
मिति २०७५।०४।२१ अन्दाजी १४.०० बजेको समयमा जिल्ला पोखरा ५ बिकासमार्गमा ग १ ज २६४६ नं. को भेन चालक पोखरा ८ बगालेटोल बस्ने वर्ष ३७ को ज्ञानेन्द्र बहादुर सार्की अचानक लडि बेहोस भएको भन्ने खबर प्राप्त हुनासाथ तत्काल CRV चिप्लेढुङगाबाट प्रहरी टोलि खटि गई उपचारको लागि फिस्टेल अस्पताल ल्याकोमा डाक्टरले मृत घोषणा गरेको घटनाका विषयमा अनुसन्धान भईरहेको छ ।
कास्की : उपचारको क्रममा मृत्यु
मिति २०७५।०४।१८ गते जिल्ला पोखरा ६ हलनचोकमा अन्दाजी वर्ष ३५-४० को सुरज के.सि. घर गोर्खा बताउने पुरुष ब्याक्ति बेबारिसे अबस्थामा पेटिमा फेला पारी उपचारको लागि क्षेत्रिय अस्पताल ल्याएकोमा उपचारको क्रममा मिति ०७५।०४।२१ गते ०६.०० बजे मृत्यु भएको छ ।
पर्वत : सवारी दुर्घटना
मिति २०७५।०४।२१ गते बिहान अन्दाजी ०९:२० बजेको समयमा पर्वतको मोदी गाउँपालीका वडा नम्बर ६ बेतनी स्थित पोखरा- कुश्मा सडक खण्डमा पोखराबाट मुस्ताङको लागी जादै गरेको ग १ ख ५५९८ नम्बरको यात्रु बाहक बस अचानक सडकबाट २०/३०मिटर तल खेतमा खस्न गई दुर्घटना हुदाँ उक्त बसमा सबार १५ जना घाईते भएका छन् । घटनास्थलमा प्रहरी टोलि खटि गई घाईतेहरुको उद्धार गरी गंभिर घाईते ६ जनालाई उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाईएको छ । प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ ।
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) : शव फेला
मिति २०७५।०४।२१ गते अंन्दजी १३:१५ बजेको समयमा जिल्ला नवलपरासी (बर्दघाट सुस्ता पूर्व ) बिनय त्रिबेणि गाउँपालिका १ स्थित दुम्किबास बजारको प्रतिक्षालयमा नामथर वतन नखुलेको पुरुष ब्याक्तिको शव छ भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोलि खटि गई थप अनुसन्धान गरिरहेको छ ।
कास्की : लडि घाईते
मिति २०७५।०४।२१ अन्दाजी १३.२० बजेको समयमा पोखरा १० रंगशालामा आल्मोनियमको काम गर्ने क्रममा झापा घर भई पोखरा सुन्दर मार्गमा बस्ने वर्ष २० को प्रदिप चौधरी लडि गम्भिर घाईते भई उपचारको लागि फिस्टेल अस्पताल पठाईएको छ ।घटनास्थलमा प्रहरी टोलि खटि गएको छ ।
गोरखा : सवारी दुर्घटना १ जना घाईते
मिति २०७५।०४।२१गते गोरखाको गोरखा नगरपालिका ११ बाह्रकिलो चोक स्थित गोरखाबाट बालुवा तर्फ जादै गरेको ग.१ख. ७१८० न.को बसमा सवार जिल्ला गोरखा अजिरकोट गाउँपालिका १ बस्ने वर्ष ३१ की लाल कुमारी गुरुङ बस बाट झरी पुन झोला झिक्ने क्रममा घाईते भइ उपचारको लागी छिम्केश्वरी अस्पताल आबुखैरेनि तनहुँ पठाईएको छ । घटनास्थलमा प्रहरी टोलि खटि गई उक्त बस र बस चालकलाई नियन्त्रणमा लिईएको छ ।
प्रहरी उपरीक्षक
(विरेन्द्र कुमार वस्याल)
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह