पोखरा, २३ साउन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी विधिवत् रुपमा दर्ता भएको छ । दर्तासँगै मञ्च वैधानिक बनेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीमा बुधबार दर्ता गरिएको मञ्चको दर्ता नम्बर ३९५४ हो ।
केशव पाठकको अध्यक्षतामा गठित ११ सदस्यीय तदर्थ समितिको उपाध्यक्ष दीननाथ बराल, महासचिव रञ्जन अधिकारी, सचिव अर्जुन गिरी, कोषाध्यक्ष विजय नेपाल, सदस्य उमेश पुन, सुरज श्रेष्ठ, नारायण शाही, गीता राना, उमा आले र सुरेन सुशील छन् । विधान मस्यौदा समिति तथा दर्ताका लागि संयोजक विजय नेपाल रहेको समितिको सदस्यमा केशव पाठक र रञ्जन अधिकारी सदस्य थिए ।
मञ्चले अब गण्डकी प्रदेशमा स्थानीय अधिकारीको स्वीकृति लिई जिल्लास्तरीय शाखा तथा समन्वय शाखा कार्यालय समेत खोल्न सक्नेछ । विधानमा कार्यसमितिको कार्यकाल ३ वर्ष उल्लेख छ । खेलकुद क्षेत्रमा कलम चलाउने पत्रकारहरु संगठित बनी २०५७ सालमा नेपाल खेलकुद पत्रकार मञ्च कास्की गठन गरिएको थियो ।
मञ्चमा ५५ जना पत्रकार आबद्ध छन् । मञ्चले तेस्रो संस्करणको पोखरा स्पोर्टस् अवार्ड सम्पन्न गरिसकेको छ । अबको अवार्ड प्रदेश स्तरीय बनाउने मञ्चले घोषणा गरिसकेको छ ।
सम्बन्धित खबर
गण्डकी प्रदेश स्क्वास तथा र्याकेट संघको अध्यक्षमा रञ्जित सर्वसम्मत
पोखरा स्पोर्ट्स अवार्डलाई केसी ग्रुपको सहयोग
पोखरा स्पोर्ट्स अवार्डलाई टेल्जीको साथ
प्रथम गल्याङ कपको उपाधि स्याङ्जालाई
प्रथम गल्याङ कपको उपाधिका लागि पर्वत र स्याङ्जा फाइनल भिड्ने
प्रथम गल्याङ कप पुरुष भलिबल सुरु
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग