पोखरा । पोखरा लेखनाथ महानगरपालिकाको नाम अब पोखरा महानगरपालिका मात्र हुने गरी औपचारिकता पाएको छ । भर्खरै सम्पन्न मन्त्रीपरिषद् बैठकले महानगरको सिफारिस बमोजिम लेखनाथ शब्द हटाउने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए ।
अब नेपाल सरकारले राजपत्रमा प्रकाशित गर्नेछ र त्यसपछि कामकाज नयाँ नामअनुसार अघि बढ्नेछ । गत असार १२ गते महानगरको तेश्रो नगरसभाले अब पोखरा महानगरपालिका मात्र रहने गरी लेखनाथ शब्द हटाउने गरी सरकार समक्ष सिफारिस गरेको थियो । उपमहानगरपालिका रहँदा पनि पोखरा मात्र थियो । पछि, लेखनाथ नगरपालिका सहित आसपासका गाविस गाभेर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरियो ।
एमालेतर्फका सचेतक तथा पोखरा १९ का अध्यक्ष शोभामोहन पौडेलले सभामा नाम परिमार्जनको प्रश्ताव पेश गरेका थिए । उनको प्रश्तावलाई काँग्रेस सचेतक तथा पोखरा ९ का अध्यक्ष रामराज लामिछानेले समर्थन गरेका थिए । बहुमत वडाध्यक्ष र सदस्यहरुले नाम परिमार्जन गर्ने बिषयमा समर्थन जनाएका थिए ।
यस प्रस्तावमाथि ४० जना नगर सभासद्ले आफ्ना धारणा राखेका थिए । धेरैले कवि शिरोमणि लेखनाथ पौड्याललाई ससम्मान उनको नामा अन्य क्षेत्रमा जोड्न सकिने तर महानगरको नाम पोखरामात्रै हुनुपर्ने बताएका थिए । नामको बिषयमा पहिले देखि नै विरोध र विवाद आएकोले हटाउनका लागि प्रश्ताव गरिएको गरिएको थियो ।
साविक लेखनाथ नगरबासीले भने लेखनाथ नगरपालिका रहँदा एक अर्ब बजेट आउनेमा अहिले महानगरमा मिसिएपछि त्यस क्षेत्रमा २० करोड मात्र आएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् । विकास पनि नहुने, लेखनाथ नाम पनि हटाउने भएपछि नगरपालिका नै हुनुपर्ने केहिको माग छ । तर, सर्वसम्मत रुपमा नाम हटाई ग्रेटर पोखराको अवधारणामा अघि बढेको महानगरपालिकाले जनाएको छ ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ