सुन्दरकुमार थकाली,मुस्ताङ
मितिः२०७५।०४।२४
केही दिनअघिको लगातार वर्षापछि गत मंगलबार राती आएको कालिगण्डकी नदीको बाढीले हिमालपारी मुस्ताङको पर्यटकिय गाउँ मार्फामा अन्दाजी ६० लाख बराबरको स्याउँबारी तथा खेतीयोग्य जमिनमा क्षती पुगेको छ ।
स्याउँकै राजधानीको रुपमा प्रसिद्ध मार्फाका स्थानीयवासीको मुख्य आम्दानीको श्रोत मानिएको स्याउ लगाईएका खेतीयोग्य जमिनमा नदी कटानका कारण क्षति पुगेको हो ।कालिगण्डकी नदीकै किनारा नजिक भएका स्याउ बगैचा ,खेत र सामुदायिक बिकास जमिन नदी कटानले भासिएको घरपझोङ गाउँ कायपालिका सदस्य राजु लालचनले जानकारी दिए ।उनका अनुसार उर्लदो कालिगण्डकी नदी कटानका कारण करिव ५ रोपनी क्षेत्रफलमा लगाईएको फल दिने करिव ३५ वटा स्याउका बोट,१ वटा ओखरको बोट र १ वटा चिलीका बोटलाई पुर्ण रुपमा क्षति पुगेको जानकारी दिए ।

नदी कटानले एउटै व्यक्तिको करिव ३० वटा सम्म स्याउको बोट भएको जमिनमा क्षति पुगेको छ भने,अर्कोको करिव १० वटा स्याउँको बोट भएको ठुलो खेतमा नोक्सान पुगेको छ।त्यस्तै,एक जनाको पुरै खेत बगाएको छ भने अर्कोको ३ वटा छुट्टै स्याउका फल लाग्ने बोटमा क्षती पुगेको कार्यपालिका सदस्य लालचनको भनाई छ ।नदी कटानले मार्फाका बिमल परियार,मैते नेपाली,यामबहादुर ज्वाहारचन र सन्तोष हिराचनको स्याउबारी र खेतमा क्षति पुगेको लालचनले खुलाए ।त्यस्तै,कालिगण्डकी कटानकै सामुदायिक बिकास भएको जमिन पुर्णरुपमौ ध्वस्त भएर भाँसिएको छ ।
मंगलबारको कालिगण्डकी नदीको कटानले स्याउँ फल्दै गरेका खेतीयोग्य जमिनमा क्षति पु¥याएपनि स्थानीयले बुधबार दिउँसो मात्र जानकारी प्राप्त गरेका थिए ।उनीहरुका अनुसार स्याउँ लगाईएका खेतीयोग्य जमिन करिव ५ रोपनी र सार्वजनिक खाली बिकास रहेको जमिन करिव ५ रोपनी जोडेर कुल १० रोपनी जमिन नदी कटानले क्षती पु¥याएको जनाए ।
वर्षेनी फलदिने स्याउँका बोटहरु नदी कटानले क्षती प्¥याएपछि स्थानीयवासी चिन्तित बनेका छन् ।यो सिजनको स्याउ टिप्ने समय नजिकिदै गर्दा नदी कटानले स्थानीय कृषकले लगाएको स्याउँबारीको लगानी खेर गएको छ ।स्याउँबारी रहेको ठुलो मुल्यवान खेत कालिगण्डकी नदीले क्षती पु¥याईए पनि स्थानीय स्तरमा सरोकारवाला निकायको टोलीले अनुगमनका लागि उपस्थित नहुदा पीडितहरु दुखित भएका छन् ।उनीहरुले जिल्ला दैवी प्रकोप उद्दारकोष तथा विपद् व्यवस्थापन समिति आदीले पीडित किसानलाई राहत उपलब्ध गराईदिन आग्रह समेत गरेका छन् ।
सम्बन्धित खबर
मुस्ताङमा ५ लाख नगदसहित कांग्रेस नेताको गाडी नियन्त्रणमा
मुस्ताङमा मोटरसाइकल दुर्घटना हुँदा सुनिलको मृत्यु
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
यो पनि पढौँ
कास्कीका ३ क्षेत्रमै अग्रता बढाउँदै रास्वपा, पुराना दललाई ‘कोर एरिया’मै धक्का
सुमनाले भनिन्- गोली कसले चलायो र सिंहदरबार कसले जलायो, जनताले थाहा पाउनुपर्यो
हर्कले भनेः सदनमा समय दिने र उत्तर दिने चाहिन्छ, सरकारको नेतृत्व रविले गर्दा राम्रो
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु