श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सुनसरी १ का नवनिर्वाचित सांसद हर्क सम्पाङले सदनमा भ्रष्टाचारविरुद्ध बोलेको बोल्यै गर्ने बताएका छन् । मतदातालाई धन्यवाद दिन आयोजित समारोहमा साम्पाङले देशबेचुवा र भ्रष्टाचारीहरूलाई हायलकायल बनाउने बताए ।
उनले अहिलेसम्म आफू काम गर्ने ठाउँमा रहेको तर अब बोल्ने ठाउँमा पुगेको बताउँदै भने, ‘देश बेचुवाहरूलाई हायलकायल बनाउनु छ । भ्रष्टचारीहरूलाई हायलकायल बनाउनु छ । अहिलेसम्म काम गर्ने ठाउँमा थिए । मेयर भनेको काम गर्ने ठाउँ हो । अब म बोल्ने ठाउँमा पुगेको छु । कति बोल्छ होला हर्क साम्पाङ ?’
साम्पाङले आफूले सदनमा पिछडा वर्गका आवाज बोल्ने बताए । ‘मैले के बोल्छु त भन्दा, किसानका कुरा, मजदुरका कुरा, दलितका कुरा, पिछडा वर्गका कुरा’, साम्पाङले भने, ‘दार्चुलाको तुइन त्यसै देख्छु मैले ? अरुजस्तो भएको भए त सिंहदरबारको कुर्सी मात्रै देख्थे ।’
यति भनेर साम्पाङले मिडियाको आलोचना सुरु गरे । मिडियाकै कारण रास्वपाको पक्षमा ह्वीम चलेको उनको गुनासो छ ।
उनले भने, ‘मिडियाहरूले ६ महिनाअघिदेखि भनिरहेका थिए फलानाले जित्छ भनेर । कसरी थाहा हुन्छ उनीहरूलाई ?’
‘सबैभन्दा पहिले मिडियालाई किनिन्छ । मिडियालाई किनेपछि कालो कलरको मोबाइललाई सेतो कलरको बिस्कुट भनेको भन्यै गर्छ । जनतालाई लाग्छ– हो यो त सेतो कलरकै बिस्कुट हो’, हातको मोबाइल देखाउँदै साम्पाङले सोधे, ‘यो सेतो कलरको बिस्कुट हो र ?’
आफूहरू दह्राे खुट्टा भएका मानिस भएकोले रास्वपाको ह्वीममा पनि केही सिट जितेको साम्पाङले बताए । ‘मिडियाले फलाना, फलाना, फलाना, फलाना भनिदियो । नहुने–नहुने कुरा लगाइदियो । ह्वीइममा स्वाट्ट भोट गयो । हामीचाहिँ दह्राे खुट्टा भएको मान्छे…’, हर्कले भने ।
केही मिडियाले आफूलाई पनि साथ दिएको उनले बताए । फेसबुकले त बेला–बेला स्टाटससमेत लेख्न नदिने गरेको उनले गुनासो गरे ।
सम्बन्धित खबर
बालेन र सुधनलाई ऐन महरको चेतावनी: प्रतिशोधको डोको आफ्नो लागि सुरक्षित राख्नुहोला
ओली र लेखकलाई हिरासतमा राख्न अब म्याद नथप्न सर्वोच्चको परमादेश
फेवातालमा गृहमन्त्रीको जग्गा प्रकरण: आफै ठगिएको गृहमन्त्री गुरुङको जिकिर, जग्गाधनी विरूद्ध कानुनी उपचारमा जाने !
ओली र लेखकलाई थप ५ दिन हिरासतमा राख्न अनुमति
महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
सभामुख डीपी अर्यालले लिए पद तथा गोपनीयताको शपथ
यो पनि पढौँ
मध्यरातमा किशोरीले बोलाएर भेट्न जाँदा पोखरामा लाहुरे ट्रेनिङ गरिरहेका स्मिथको हत्या, ३ पक्राउ
वडा सदस्य भण्डारीको जन्मदिनमा रक्तदान, १५१ युनिट संकलन
कलाकार सागर लम्साल ‘बले’माथि बलात्कार आरोप
शान्ति निकेतनमा पूर्व आधारभूत तहका विद्यार्थी दीक्षित