पोखरा । ठूलो मात्रामा लागुऔषध कारोबारमा संलग्न ३ युवा प्रहरी फन्दामा परेका छन् । वडा प्रहरी कार्यालय बैदाम र अस्थायी प्रहरी पोस्ट पोखरा बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले नगद र लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीले पोखरा महानगरपालिका ९ पृथ्वीचोकबाट पोखरा १ बगरका ३८ वर्षीय राजिब गुरुङ, सोहि ठाउँका ३५ वर्षीय दुतमान गुरुङ र कपिलवस्तु बाणगंगा नगरपाकिला ३ बस्ने १९ वर्षीय शेषकान्त थारुलाई लागु औषध सहित पक्राउ गरेको हो । पक्राउ परेका तीन जनाबाट ब्रुपिनर्फिन १८० थान, फेनार्गन १८० थान, डाईजापाम १८० थान, नाईट्रोसन – ३० चक्की, नगद १८ हजार र ५ थान मोबाईल रहेको प्रहरीले जानकारी दिएको छ ।
दुतमान गुरुङ र राजीव गुरुङ लामो समयदेखि पोखरा क्षेत्रमा लागु औषध बिक्रि बितरणमा संलग्न रहेको प्रहरीले जानकारी दिएको छ । शेषकान्त थारु भारतदेखि पोखरासम्म लागु औषध ल्याउने काम गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । थारुले ल्याए बापत निश्चित रकम पाउने गरेको अनुसन्धानले देखाएको प्रहरीले जानकारी दियो ।
निजहरुलाई थप कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।

सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए