ड्रग्स कारोबार गर्ने पोखराका २ सहित ३ युवा प्रहरी फन्दामा

ड्रग्स कारोबार गर्ने पोखराका २ सहित ३ युवा प्रहरी फन्दामा

drugs karobari (1)

पोखरा । ठूलो मात्रामा लागुऔषध कारोबारमा संलग्न ३ युवा प्रहरी फन्दामा परेका छन् । वडा प्रहरी कार्यालय बैदाम र अस्थायी प्रहरी पोस्ट पोखरा बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले नगद र लागूऔषध सहित उनीहरुलाई पक्राउ गरेको हो ।

प्रहरीले पोखरा महानगरपालिका ९ पृथ्वीचोकबाट पोखरा १ बगरका ३८ वर्षीय राजिब गुरुङ, सोहि ठाउँका ३५ वर्षीय दुतमान गुरुङ र कपिलवस्तु बाणगंगा नगरपाकिला ३ बस्ने १९ वर्षीय शेषकान्त थारुलाई लागु औषध सहित पक्राउ गरेको हो । पक्राउ परेका तीन जनाबाट ब्रुपिनर्फिन १८० थान, फेनार्गन १८० थान, डाईजापाम १८० थान, नाईट्रोसन – ३० चक्की, नगद १८ हजार र ५ थान मोबाईल रहेको प्रहरीले जानकारी दिएको छ ।

दुतमान गुरुङ र राजीव गुरुङ लामो समयदेखि पोखरा क्षेत्रमा लागु औषध बिक्रि बितरणमा संलग्न रहेको प्रहरीले जानकारी दिएको छ । शेषकान्त थारु भारतदेखि पोखरासम्म लागु औषध ल्याउने काम गर्दै आएको प्रहरी अनुसन्धानले देखाएको छ । थारुले ल्याए बापत निश्चित रकम पाउने गरेको अनुसन्धानले देखाएको प्रहरीले जानकारी दियो ।

निजहरुलाई थप कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाईएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ