रञ्जन अधिकारी, पोखरा । फेवातालको पानी ड्यामबाट पातालेछाँगो तिर बहन्छ । वर्षाको समय, त्यसमाथि पानी पर्दा खहरे खोला जस्तो खतरनाक बन्छ । बगाउनासाथ पातालेछाँगोमा खस्ने हुँदा बाँच्न त परको कुरा शव भेटाउन समेत मुस्किल हुन्छ ।
सोहि ठाउँबाट तीन दिनदेखि एक युवक वेपत्ता छन् । म्याग्दी जिल्ला मङ्गला गाउँपालिका वडा नं. ३ बरञ्जा खर्क (कलेजीगौरा) घर भई हाल पोखरा २९ ठुलोखोर लेखनाथ बस्दै आएका २४ वर्षीय विकास भुषालको अत्तोपत्तो छैन ।
विकास अन्य तीन साथीसँगै पौडी खेल्न पसेका थिए । फेवातालबाट बहने पानीमा उनीहरु अपरान्ह साढे ४ बजेतिर पसे । साथीहरुका अनुसार विकासलाई मात्र पौडन आँउथ्यो । उनी पौडेरै पारी पट्टी गए । फर्केर आउँदा पातालेछाँगोतिर बग्यो । साथीहरु किनारकिनारै तलतिर पुगे । फेला पार्न नसकेपछि स्थानीय र प्रहरी गुहारेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।
तत्काल प्रहरी पुग्यो । रातिसम्मै खोजतलास गरी विहीबार, शुक्रबार पनि खोजी गरिएको तर फेला पार्न नसकिएको कार्कीले जानकारी दिए । धेरै गर्मी भयो भन्दै विकासले नै साथीहरु बोलाएर लगेको साथीहरुले बताएका छन् ।
‘हामीलाई त पौडी खेल्न आउँथेन । विकासले नै खेल्न जाने भनेर गएको हुँ । हामी किनारतिर नै खेल्यौं । ऊ चाहिँ पौडेर पारी गयो । फर्केर आउँदा बगायो ।’ विकासका साथीहरुलाई उद्दृत गर्दै डिएसपी कार्कीले भने ।
भुषाल गाडीमा हेल्पर काम गर्दै आएका थिए ।
सम्बन्धित खबर
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
सरकारद्वारा जारी नियमावलीप्रति इक्यान कास्कीको गम्भीर आपत्ति, तत्काल फिर्ता लिन माग
प्रेस रजिष्ट्रारको कार्यालयबाट अग्रज ५ पत्रकार सम्मानित
कास्की जिल्ला पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
पाेखराकाे शैक्षिक क्षेत्रमा नयाँ आयाम थप्दै ‘प्रतिभा बिजनेस स्कुल’ स्थापना, बीआइटी कोर्स सञ्चालन
फेवातालमा बेपत्ता युवकको शव फेला
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा