बुटवलका पत्रकार प्रकाश डुम्रेले पोखरामा देखेको नमिठो अनुभवलाई यसरी सार्वजनिक गरे ।
https://www.facebook.com/prakashdumre2/posts/1811340798948776
पोखरामा फुटपाथ हटिसक्यो । यदाकदा चाहिँ देखिन्छन् । तर, फुटपाथमा फुटपाथे व्यापारी पो हटे, सटरवाला व्यापारी भने फुटपाथ नै मेरै हो भन्ने सोच हावी छ । फुटपाथ हटेको आभाष नै हुन्न । यस्तालाई केहि गर्न सक्दैन महानगरका खैरौ पोशाकधारी ‘नगर प्रहरी’ ।
प्रहरी नाम जोडिएका यी खैरे पोशाकधारीहरुलाई डोकामा सकी नसकी फलफूल तरकारी बोकेर हिँडेका महिला, बृद्धा भने देख्नै हुन्न । हेर्नेलाई समेत लाज हुने गरी लछारपछार पार्छन्, सामान खोस्छन्, लैजान्छन् । त्यसको लागि निश्चित जरिवाना तिरेर सामान फिर्ता पाउनुपर्छ । तर फिर्ता हुने सामान लगेको भन्दा आधा नै कम हुने गुनासो उनीहरुको छ ।सो सम्बन्धी प्रमाणहरु प्रशस्त छ । बाँकी फलफूल तरकारी चाहिँ महानगरका यी प्रहरी र कर्मचारीले कता लैजान्छन् ?
फुथपाथ मुक्त पोखरामा सडकमा व्यापार गर्न पाईंदैन । तर, के नियम यिनीहरुलाई मात्र लाग्ने हो ? नियममा प्रहरी चाहिँ आफै चल्नुपर्दैन ? महिला बृद्धामाथि हातपात गरेकै शैलीमा दादागिरी देखाउन कुन नियममा छ ? नियन्त्रणमा लिइएका सामान कता छन् ? यस सम्बन्धमा अप्रेशन गर्नै बाँकी छ ।
महानगरबाट भएका यो मनोमानी दादागिरी अन्त्य गरी नियमानुसार, सबैलाई एकै नियम लागू गराउन हामी खबरदारी गरिरहनेछौं । फुटपाथ पैदलयात्रुको हो, सटर व्यापारीलाई छुट, महिला बुढाबुढीलाई भने यस्तो हर्कत हुँदै होईन । यी प्रहरीले सामान कता लैजान्छन् ? बुढाबुढी र महिला देख्नै नहुने यिनीहरुको नियत के हो ? यस सम्बन्धी फलोअप अब सुरु हुनेछ ।
http://gandaknews.com/police-act/
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए