केरा बेचेर औषधि किन्ने सपना अधुरै, महिला माथि ‘नगर प्रहरी’ को दादागिरी

केरा बेचेर औषधि किन्ने सपना अधुरै, महिला माथि ‘नगर प्रहरी’ को दादागिरी

dadagiri
  • रञ्जन अधिकारी

बुटवलका पत्रकार प्रकाश डुम्रेले पोखरामा देखेको नमिठो अनुभवलाई यसरी सार्वजनिक गरे ।

https://www.facebook.com/prakashdumre2/posts/1811340798948776

पोखरामा फुटपाथ हटिसक्यो । यदाकदा चाहिँ देखिन्छन् । तर, फुटपाथमा फुटपाथे व्यापारी पो हटे, सटरवाला व्यापारी भने फुटपाथ नै मेरै हो भन्ने सोच हावी छ । फुटपाथ हटेको आभाष नै हुन्न । यस्तालाई केहि गर्न सक्दैन महानगरका खैरौ पोशाकधारी ‘नगर प्रहरी’ ।

प्रहरी नाम जोडिएका यी खैरे पोशाकधारीहरुलाई डोकामा सकी नसकी फलफूल तरकारी बोकेर हिँडेका महिला, बृद्धा भने देख्नै हुन्न । हेर्नेलाई समेत लाज हुने गरी लछारपछार पार्छन्, सामान खोस्छन्, लैजान्छन् । त्यसको लागि निश्चित जरिवाना तिरेर सामान फिर्ता पाउनुपर्छ । तर फिर्ता हुने सामान लगेको भन्दा आधा नै कम हुने गुनासो उनीहरुको छ ।सो सम्बन्धी प्रमाणहरु प्रशस्त छ । बाँकी फलफूल तरकारी चाहिँ महानगरका यी प्रहरी र कर्मचारीले कता लैजान्छन् ?

फुथपाथ मुक्त पोखरामा सडकमा व्यापार गर्न पाईंदैन । तर, के नियम यिनीहरुलाई मात्र लाग्ने हो ? नियममा प्रहरी चाहिँ आफै चल्नुपर्दैन ? महिला बृद्धामाथि हातपात गरेकै शैलीमा दादागिरी देखाउन कुन नियममा छ ? नियन्त्रणमा लिइएका सामान कता छन् ? यस सम्बन्धमा अप्रेशन गर्नै बाँकी छ ।

महानगरबाट भएका यो मनोमानी दादागिरी अन्त्य गरी नियमानुसार, सबैलाई एकै नियम लागू गराउन हामी खबरदारी गरिरहनेछौं । फुटपाथ पैदलयात्रुको हो, सटर व्यापारीलाई छुट, महिला बुढाबुढीलाई भने यस्तो हर्कत हुँदै होईन । यी प्रहरीले सामान कता लैजान्छन् ? बुढाबुढी र महिला देख्नै नहुने यिनीहरुको नियत के हो ? यस सम्बन्धी फलोअप अब सुरु हुनेछ ।

  • सम्बन्धित समाचार

http://gandaknews.com/police-act/

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ