पोखरा । वडा प्रहरी कार्यालय बैदाम कास्कीको प्रहरी टोलिले पोखराका विभिन्न स्थानबाट लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पोखरा ९ महेन्द्रपुल बस्ने वर्ष ३५ को विक्रम थापा मगर, नवलपरासी बर्दघाट सुस्ता पश्चिम रामग्राम नगरपालिका १८ सुनवल बस्ने वर्ष २८ को विष्णुनाथ उपाध्याय र सोही ठाउँ घर भई पोखरा ५ जिरो किमि बस्ने वर्ष २१ की सुनिता खड्का रहेका छन् ।
गोप्य सुचनाका आधारमा वडा प्रहरी कार्यालय बैदामबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले पोखरा ५ उत्तम चोकबाट साउन २४ गते विक्रम र विष्णुनाथलाई २ सय ४५ थान लागऔषध सहित पक्राउ गरेको हो भने पोखरा ५ जिरो कि मि बाट सुनितालाई २९ थान लागूऔषध सहित पक्राउ गरेको कार्यालय प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए । पक्राउ परेका सबैजना उपर प्रहरीले थप अनुसन्धान गरिरहेको उनले जनाए ।
यसअघि, साउन २२ गते अस्थाई प्रहरी पोष्ट पथ्वीचोकबाट गस्तीमा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा पोखरा ९ पृथ्बीचोक स्थित दिप मःम रेष्टुरेण्टबाट कपिलबस्तुको बगुनि घर भएका वर्ष १९ को शेषकान्त थारुको साथबाट फेनरागन १८० थान, डाईजेपाम १८० थान, नुरफिन १८० थान र नाईट्रोजन ट्याबलेट ३ पत्ता समेत बरामद गरी नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीमा पठाईएको जनाइएको छ ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए