पोखरा । तीन दिन बित्यो, अझैसम्म परिचय खुल्न सकेको छैन । फिस्टेल हस्पिटलको आइसियूमै उपचाररत छन् उनी । पोखराको चाईनापुलमा बसको ठक्करबाट घाईते यी व्यक्तिको अझै पनि परिचय खुलेको छैन ।
शनिबार साँझ साढे बजेको समयमा अम्मरसिंहचोबाट पृथ्वीचोक तर्फ आउँदै गरेको पोखरा माइक्रोको ग १ ख ६९९२ को बसमा करिब ५० बर्षको जस्तो देखिने पुरुष एकाएक ठोक्किन पुग्दा उनी घाईते भएको समितिको भनाई छ । उनी अहिलेसम्म अचेत छन् र हाल फिस्टेल हस्पिटलको सघन कक्ष (आईसियू) मा उपचार भईरहेको छ ।
उपचारमा संलग्न डा. बालगोपाल कर्मचार्यका अनुसार उनको टाउकोमा गहिरो चोट लागेका कारण हेड ईन्जुरी भएको छ । उनको आजै साँझ शलयकृया गर्ने समेत तयारी भएको डा.कर्मचार्यले जनाए । हालसम्म उनी अचेत हुनु र उनका आफन्त सम्पर्कमा नआउँदा बसधनी तथा समितिलाई असहज भएको बसधनी फडिन्द्र बरालको भनाई छ ।
यी व्यक्तिलाई चिन्ने जान्नेले नजिकको प्रहरी कार्यालय तथा समितिका उपाध्यक्ष देवी कुईंकेलको मोबाईल नम्बर ९८५६०२६०५० तथा बसधनी बराललाई ९८५६०४५६७९ मा सम्पर्क गर्न आव्हान गरिएको छ । उक्त बस र चालक कास्की प्रहरीको नियन्त्रणमा रहेको छ ।
तस्विरः दिननाथ बराल
सम्बन्धित खबर
अस्पतालको बेडमा साढे ५ महिना संघर्ष गरी क्षितिजले संसार छाडे
सामाजिक विकास मन्त्री सीता सुन्दास र उर्जामन्त्री बेदबहादुर ‘श्याम’ले लिए सपथ
मुख्यमन्त्री खगराजले मन्त्रिपरिषद् विस्तार गरे, सीता सुन्दास र बेदबहादुरलाई मन्त्री बनाउँदै
पामेका अनधिकृत संरचनामा महानगरको डोजर
व्यवसाय दर्ता र कर सचेतनाका लागि पोखरा महानगरले गर्यो क्याम्पसहरूसँग समझदारी
पोखरामा एकै दिन दुई किशोरको डुबेर मृत्यु, फुस्रेखोलामा फेरि १६ वर्षका सुप्रिम डुबे
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग