घटना १ः
यही साउन २३ गते फेवातालको ड्याम मुनि पौडी खेल्दा म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. ३ बरञ्जा खर्क (कलेजीगौरा) घर भई हाल पोखरा २९ ठुलोखोर लेखनाथ बस्दै आएका गाडीका हेल्पर २४ वर्षीय विकास भुषाल पातालेछाँगो तिर बगे । अझै वेपत्ता छन् ।
घटना २ः
तीन दिन लगत्तै साउन २६ गते साथीहरुसँगै सोहि ठाउँमा पौडी खेल्न गएका पोखरा काठमाण्डौ टुरिस्ट बसका परिचालक ओखलढुंगाका २० वर्षीय अबिन राई पौडी खेल्ने क्रममा बगे । उनको पनि अत्तोपत्तो छैन ।
घटना ३ः
साउन २७ गते आइतबार बराल फिडबाट नजिकै डेविज फलमाथि शव भेटियो । पुरुष शवको पहिचान हुन सकेको छैन ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीका शव फुलिएर नचिनिने अवस्थामा छ । गत असार २२ गतेदेखि सम्पर्कविहीन भारतीय युवक भएको आशंकामा उनका परिवारलाई खबर गरिएको थियो । मंगलबार आएका उनका परिवारले समेत ठम्याउन नसकेकाले डिएनए परीक्षण गरिने कार्कीले बताए ।
होटल ग्राण्डमा वैवाहिक कार्यक्रममा मिठाइ बनाउने कालीगढका रुपमा दिल्लीबाट आएका ३० वर्षीय महेश रौटेला असार २२ गते दिउँसो २ बजे सोहि ठाउँमा पौडी खेल्न जाँदा बेपत्ता भएका थिए । उनका परिवार आएर चार दिन खोजतलास गर्दा पनि नभेटेपछि फर्किएका थिए ।
एक सातामै सोहि ठाउँमा बेपत्ता हुने र शव फेला पर्ने तीन जनाको समाचार बनिसकेको छ । अब सो ठाउँलाई पौडी निषेधित क्षेत्र घोषणा गर्न स्थानीय सरकार, प्रहरी र प्रशासनको ध्यान जान जरुरी छ।
सम्बन्धित खबर
शान्ति श्रीस मगरको ‘जाम हिँड साइली’ सार्वजनिक
सती कथा संग्रहको विमोचन
उपन्यास ‘सन् एण्ड स्याडो’ लोकार्पण
७५ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस प्रभातफेरी कार्यक्रम गरी मनाइयो
पोखरा महानगर प्रहरी प्रमुख पुरुषोत्तमलाई हातपात गर्ने गोविन्द पक्राउ
पोखरामा अझै गुडिरहेका छन् २० वर्ष पुराना सवारीसाधन
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
दुई जनाको पहिचान खुल्यो: नौडाँडाका बिजय पौडेल र तिलोत्तमाका गोपाल बस्याल
पोखराको दृष्टिविहीन आश्रममा आगलागी, नगद ८ लाखसहित ३० लाख बढी क्षति
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका