घटना १ः
यही साउन २३ गते फेवातालको ड्याम मुनि पौडी खेल्दा म्याग्दी जिल्ला मंगला गाउँपालिका वडा नं. ३ बरञ्जा खर्क (कलेजीगौरा) घर भई हाल पोखरा २९ ठुलोखोर लेखनाथ बस्दै आएका गाडीका हेल्पर २४ वर्षीय विकास भुषाल पातालेछाँगो तिर बगे । अझै वेपत्ता छन् ।
घटना २ः
तीन दिन लगत्तै साउन २६ गते साथीहरुसँगै सोहि ठाउँमा पौडी खेल्न गएका पोखरा काठमाण्डौ टुरिस्ट बसका परिचालक ओखलढुंगाका २० वर्षीय अबिन राई पौडी खेल्ने क्रममा बगे । उनको पनि अत्तोपत्तो छैन ।
घटना ३ः
साउन २७ गते आइतबार बराल फिडबाट नजिकै डेविज फलमाथि शव भेटियो । पुरुष शवको पहिचान हुन सकेको छैन ।
वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीका शव फुलिएर नचिनिने अवस्थामा छ । गत असार २२ गतेदेखि सम्पर्कविहीन भारतीय युवक भएको आशंकामा उनका परिवारलाई खबर गरिएको थियो । मंगलबार आएका उनका परिवारले समेत ठम्याउन नसकेकाले डिएनए परीक्षण गरिने कार्कीले बताए ।
होटल ग्राण्डमा वैवाहिक कार्यक्रममा मिठाइ बनाउने कालीगढका रुपमा दिल्लीबाट आएका ३० वर्षीय महेश रौटेला असार २२ गते दिउँसो २ बजे सोहि ठाउँमा पौडी खेल्न जाँदा बेपत्ता भएका थिए । उनका परिवार आएर चार दिन खोजतलास गर्दा पनि नभेटेपछि फर्किएका थिए ।
एक सातामै सोहि ठाउँमा बेपत्ता हुने र शव फेला पर्ने तीन जनाको समाचार बनिसकेको छ । अब सो ठाउँलाई पौडी निषेधित क्षेत्र घोषणा गर्न स्थानीय सरकार, प्रहरी र प्रशासनको ध्यान जान जरुरी छ।
सम्बन्धित खबर
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित
पोखरामा थ्री–एस सुविधासहित बीवाइडीको आधिकारिक सर्भिस सेन्टर खुल्यो
कञ्चन पत्रकारिता पुरस्कार २०८३ बाट पत्रकारद्वय सारु र जिटी सम्मानित
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
निर्मल पुर्जाको शव बेलायत लगियो, तीन नेपालीको मंगलबार काठमाडौं ल्याइने
ग्यास अभाव हुँदैन, अनावश्यक सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ
जोर्ज जोन शिक्षा प्रतिष्ठानको अध्यक्षमा विनोद कायस्थ, पाँच शिक्षासेवी सम्मानित