पोखराको बगरमा रहेको संस्कृत मा वि लाई १७ वर्ष भन्दा मुनिका बालबालिकाले करिब दुई लाख बराबरको कम्प्युटर सहयोग गरेका छन ।
युकेमा बस्दै आएका ६ जना बालबालिकाले युकेमानै नृत्य गरि संकलन गरेको रकमले उक्त विद्यालयमा चार थान कम्प्युटर सहयोग गरेका हुन । ” केही समय अगाडि नेपाल घुम्न आउदा विद्यालयलमा पुग्दा अवस्था कमजोर देखेका कारण साथिहरुलाई आग्रह गरि नृत्य गर्दै रकम संकल गरि सहयोग गरेको १७ वर्षिय निश्चल गुरुङले बताए । ”
यो स्कुलमा म आउदा यहाँ केही अपरच्युनिटी देखिन, अहिलेको जेनेरसन कम्प्युटरको हो यहाँ त्यो देखिन अनि मैले साथीहरुलाई भने साथिहरुले पनि सहयोग गर्नु भयो” गुरुङले भने । “पढेर ठूलो मान्छे बनी नेपाल निर्माण गर्नुहोला” गुरुङले आग्रह गरे । गुरुङको आग्रमा उनका साथी १३ वर्षिय साथि आयुषा गुरुङ, १७ वर्ष मुनिका सुवास श्रेष्ठ, आरोन गुरुङ ,अरिना गुरुङ र एन्जल गुरुङले नृत्य गरि रकम संकलन गरेका थिए ।

सम्मानित व्यक्तित्वहरु
१७ वर्ष मुनिका बालबालिकाले गरेको सहयोग विधार्थिको भबिस्यको लागि महत्वपूर्ण रहेको विधालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द नेपालीले बताए । आफुहरुलाइ राज्यले सहयोग नगर्दा विधालय बन्द हुने अवस्थामा यसरी सहयोग आउनाले विधालयलाइ उर्जा मिलेको नेपालीले बताए ।
सोही क्रममा बोल्दै कास्की जिल्ला न्यायाधीश दिपेन्द्र अधिकारीले विदेशमा बसेर सानै उमेरमा पनि देशलाइ आफ्नो ज्ञान र विवेकको प्रयोग गरि शैक्षिक क्षेत्रमा पुर्याेएको योगदान निकै महत्वपूर्ण र सम्मानजनक रहेको उनले बताए । वडा १ का वडा अध्यक्ष शारदा पराजुलिले बोल्दै हाम्रो सहयोग र साथ हुने बताउनु भएको छ । बिद्यालयले वडालाइ नमुना वडा बनाउन बालबालिकाको शैक्षिक स्तरन्नोती गर्नु पर्ने बताइन ।
विद्यालयलाई गरेको सहयोगले अब विधार्थिलाइ कम्प्युटर शिक्षा समेत प्रदान गर्ने विधालयका प्रधानध्यापक कृष्ण प्रसाद देवकोटाले बताउनु भएको छ । विधार्थिको शैक्षिक स्तर वृद्धि गर्न इलाइवेरी निकै फलदायी हुने र विधार्थीलाई पढाइ प्रती थप टेवा पुग्ने उनले बताए ।
उक्त अवसरमा क्याप्टेन हितकाजी गुरुङले एक लाख ५१ हजार एक सय १५ रुपैयाँको अक्षयकोष स्थापना गर्दै विधालयको शैक्षिक स्तर उन्नतिको लागि अफुले सक्दो सहयोग गर्ने बताए । कार्यक्रममा भोजन ब्यबस्थापनको लागि ओम गुरुङ द्धारा ५०२० रूपयाँ सहयोग गरेका थिए । कार्यक्रममा बिद्यालयलाई सहयोग पुर्याउनुहुने वडा अध्यक्ष शारदा पराजुली , निश्चल गुरुङ, आयुषा गुरुङ, शिवजी श्रेष्ठ,चम्पासिंह गुरुङ ,ओमकुमारी गुरुङ र युबा ज्योतिषी कमल पौडेल शास्त्री लाई सम्मान गरिएको थियो |
कार्यक्रममा गायक विवेक श्रेष्ठ,शिवजी श्रेष्ठ लगायतले बोलेका थिए । कार्यक्रममा चार थान कम्प्युटर र वडाको तर्फ बाट ५० जना विधार्थिलाइ झोला र पोशाक वितरण गरेको शिक्षिका कलादेवी बरालले बताइन । । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन्द नेपालीको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत मन्तब्य सहायक प्रअ श्रीकृष्ण सिग्देल र कार्यक्रम संचालन शिक्षिका कलादेबी बरालले गरेका थिए ।

सम्बन्धित खबर
कृषि एम्बुलेन्स पाएपछि वालिङका किसानलाई राहत
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
ग्यास कृत्रिम अभाव सिर्जना नगर्न प्रशासनको आग्रह
स्याङ्जामा वर्षभर १७६ व्यवसायको अनुगमन, ९० हजार रुपैयाँ जरिवाना
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो