पोखरा । आफू विरुद्ध सरकार कडा बनेपछि यसको विरोधमा विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव पोखरामा पनि प¥यो ।
निजी सवारी अन्यदिनको तुलनामा कम चलेपनि ठप्पै भने भएन । यद्यपी लामो, छोटो दुरीका कुनै पनि सार्वजनिक सवारी चलेनन् । अत्यावश्यक गाडीहरु बाहेक सार्वजनिक यातायात ठप्प रह्यो । बन्दले स्कुल तथा कलेजहरु पनि बन्द रहे । उद्योग कलकारखाना पनि चलेनन् ।
सार्वजनिक सवारी नचल्दा सर्वसाधारणले भने सास्ती व्यहोरे । गुरुङहरुको महान् चाड ट्होंटे पर्व भएकोले बन्द फिर्ता लिन आग्रह गरिएपनि नेकपाले फिर्ता लिएन । यद्यपी बस रिजर्भ नै गरेर भएपनि ट्होंटे मनाउन गुरुङहरु अघि सरे ।

तस्विरः सुदर्शन रञ्जित
नेकपाका प्रवक्ता खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड) लाई पक्राउ गरिएको विरोधमा आज नेपाल बन्द घोषणा गरिएको हो । उसले आजको बन्द सहित चरणवद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । प्रकाण्डको रिहाई नभएसम्म आफ्नो आन्दोलन चलिरहने सो पार्टीले जनाएको छ ।
यसैबीच, पोखराको लेखनाथ, तालचोक निजकै धर्मकाँटामा शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ । नेपाल आर्मीको बम डिस्पोजल टोलीले नेष्ट गरेको जिल्ला प्रहरी कार्यलय कास्कीका प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

तस्विरः सन्दिप पौडेलको फेसबुकबाट
यसअघिको बन्द भन्दा आजको बन्द फरक रह्यो । यसअघिका बन्दमा बन्दकर्ता पक्राउ पर्दथे तर आज नेकपाका एक जना पनि बन्दकर्ता सकडमा देखिएनन् । मुख्य चोकहरुमा सुरक्षाकर्मी मात्र देखिन्थे ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ