काठमाडौँ । काठमाण्डौमा यही भदौ १४ र १५ गते बिमस्टेक सम्मेलन आयोजना हुँदैछ । सम्मेलनमा भाग लिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउन लागेका छन् ।
सम्मेलनको क्रममा यहाँ विभिन्न आयोजनाको उद्घाटन गर्ने कार्यक्रमका साथै लुम्बिनी र पोखराको भ्रमण गर्ने तयार पनि थियो । भारतीय दूतावास र नेपाल सरकार त्यसको तयारीमा जुटिसकेका थिए । तर, अन्तिम समयमा आएर लुम्बनी र पोखराको भ्रमण रद्द गरिएको छ ।
यसअघि पनि लुम्बिनी र पोखराको भ्रमण गर्ने मोदीको तयारी विभिन्न कारणले स्थगित हुँदै आएको थियो । यसपटक जसरी पनि लुम्बिनी र पोखराको भ्रमण गरेको तयारी भइरहेको थियो । तर, सुरक्षाको कारण भ्रमण स्थगित गरिएको दूतावास स्रोतले जनाएको छ ।
‘बिमस्टेक सम्मेलनमा विभिन्न ६ वटा मुलुकको प्रतिनिधि आएका हुन्छन् । सबैलाई नेपाल सरकारले सुरक्षा दिनुपर्ने हुन्छ । त्यही अवस्थामा मोदी लुम्बिनी र पोखरा भ्रमणमा जाँदा उता पनि सुरक्षा बढाउनु पर्ने हुन्छ,’ दूतावस स्रोतले भन्यो ।
त्यसले गर्दा समस्या देखिएको हुनाले भारतकै तर्फबाट नै यसपटक पोखरा र लुम्बिनीको भ्रमण नगर्ने जानकारी पठाएको बताइएको छ । रातोपाटी डटकममा न्युज छ ।
२०७१ सालमा काठमाडौँमा भएको सार्क सम्मेलनमा भाग लिन नेपाल आएका मोदी जनकपुरसँगै लुम्बनीको समेत भ्रमण गर्ने तयारीमा थिए ।
तर, अन्त्यमा सुरक्षाको कारण देखाउँदै जनकपुरको भ्रमण रद्द भएपछि प्रधानमन्त्री मोदीले आफै लुम्बनी भ्रमणसमेत रद्द गरेका थिए । जनकपुरको भ्रमण रद्द भएपछि लुम्बिनीको मात्र भ्रमण गर्दा राम्रो सन्देश नजाने भन्दै त्यतिबेला भ्रमण रद्द गरेको थियो ।
जनकपुर र मुस्ताङो भ्रमण गरिसकेका मोदी यसपटक पोखरा हुँदै लुम्बनी जाने तयारी थियो । हुनत वैशाख २८ र २९ गते नेपाल भ्रमणमा आएका मोदीले मुस्ताङबाट पोखरा हुँदै फर्किने तयारी थियो ।
पोखरामा पनि त्यही अनुसारको तयारी थियो तर पछि उनी मुस्ताङबाट सिधै काठमाडौमा फर्केका थिए । र, यसपटक पनि सुरक्षाको कारण देखाउँदै लुम्बिनी र पोखराको भ्रमण रद्द गरिएको छ ।
सम्मेलनमा भाग लिन काठमाडौँ आएका मोदीले भारतको सहयोगमा गौशालामा निर्मित धर्मशालाको उद्घाटन गरिने नेपालका लागि भारतीय राजदूत मन्जिम्भ सिंह पुरीले हिजै जानकारी गराइसकेका छन् । तर, पोखरा र लुम्बनीको बारेमा केही बोलेनन् ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्यालले पोखरा र लुम्बनी भ्रमणको बारेमा आफ्नो जानकारीमा नरहेको प्रतिकृया दिए । उनले भने, ‘गौशालामा धर्मशाला उद्घाटन गर्ने कुरा जानकारीमा आएको छ तर भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लुम्बिनी र पोखराको भ्रमण गर्नुहुन्छ त्यसको बारेमा कुनै जानकारी छैन । मैले पनि सुनेको मात्रै हुँ तर त्यसको आधिकारिक जानकारी केही पनि छैन ।’
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा