तनहुँ । व्यास नगरपालिकाको वडा नं ३ मा चालु आर्थिक वर्ष २०७५/७६ को नयाँ योजनाहरुको कार्यान्वयन प्रकृया शनिवार देखि सुरु भएको छ । साता दिन अगाडी वडा कार्य समिति र टोल विकास संस्थाका अध्यक्षहरुको संयुक्त रुपमा बसेको बैठकले भदौ १५ गते भित्र उपभोक्ता समितिहरु गठन गरेर नयाँ योजनाहरुको कार्यान्वयन गर्ने प्रकृया आरम्भ गर्ने सहमति गरे अनुरुप शनिवार देखि उपभोक्ता समितिहरु गठन सुरु भएका हो ।

नयाँ आर्थिक बर्षका लागि विनियोजित योजनाहरुको निर्माण कार्य भदौ महिनाको अन्त्य सम्ममा सुरुवात गर्ने उदेश्य सहित जनप्रतिनिधिहरुको उपिस्थितमा उपभोक्ता समितिहरु गठन कार्य सुरु भएको हो । भदौ १५ गते अगाडी नै उपभोक्ता समितिहरु गठन गरे पश्चात योजनाको प्राविधिकद्धारा लागत स्टिमेट तयार पार्ने तथा उपभोक्ता समितिहरु र नपाको योजना, लेखा शाखा सहितको संयुक्त प्रशिक्षण पश्चात निर्माण योजना सुरु गरिने कार्यतालिका तय भएको छ । शनिवार पराशर टोल विकास संस्थाले रमेश पौडेलको अध्यक्षतामा ७ सदस्यीय पराशर चौकुना व्यवस्थापन उपभोक्ता समिति गठन भएको छ ।
त्यस्तै शम्भुलाल वतासको अध्यक्षतामा महर्शि टोलमा नाला व्यवस्थापन उपभोक्ता समिति गठन भएको छ । त्यस्तै, महर्शि टोलमा नाला निर्माण उपभोक्ता समिति, पुलचोक टोलमा कालोपत्रे निर्माण समिति, साइराम मन्दिरमा तारजालि निर्माण उपभोक्ता समिति पनि गठन भइसकेका छन् । वडा नं ३ को वडा भेलाले वडाको सुरक्षाका लागि सम्पुर्ण वडा तथा सार्वजनिक स्थलमा सडक बत्ति जडान, सुरक्षाका लागि सिसि क्यामेरा नभएका स्थानमा सिसि क्यामेरा थप गर्ने योजना सहित बजारको सौन्दर्य र मौलिकता झल्कने तवरले चौकुना व्यवस्थापन कार्यलाई प्राथमिकतामा राखेको छ ।
वडा उज्यालो वनाउन सार्वजनिक स्थलमा सडक बत्ति राख्ने योजना व्यास पराशर क्षेत्र जाने मार्गमा सडक वक्ति जडान गरेर प्रारम्भ भइसकेको छ । त्यस्तै, व्यास तथा पराशर क्षेत्रमा तिर्थयात्रिका लागि परम्परागत शैलिमा फुटपाथ निर्माण गर्ने कार्य गर्ने कार्यको चाँडै नै सर्भे हुने भएको छ । सुन्दर वडा निर्माण गर्ने योजना अन्र्तगत चरणबद्ध रुपामा वडाभर कलात्मक डस्वीन राख्ने, खालि स्थानमा फुल रोपण गर्ने योजना पनि लगक्तै सुरु हुने भएको छ ।
नगर स्तरमा सञ्चालन हुने योजनाहरुमा एन्फा संग नगरपालिकाको सहकार्यमा वि.पि. खेलकुद रङ्गशाला निर्माण, प्रदेश सरकारको सहयोगमा दमौली अस्पतालमा रहेको खुला मैदानमा वातावरण मैत्रि पार्क निर्माण, शान्ति नगरमा व्यवस्थित नाहला निर्माण, दमौली अस्पतालको स्त्तरोन्नती योजना सञ्चालन हुने भएका छन् ।
सम्बन्धित खबर
चापाकोटमा निर्वाचन सुरक्षाबारे उच्चस्तरीय छलफल, शान्तिपूर्ण मतदानमा जोड
स्याङ्जामा प्रतिनिधिसभा निर्वाचनका लागि करिब दुई हजार कर्मचारी खटाइँदै
वालिङ अस्पतालमा पहिलोपटक शव राख्ने फ्रिज सुविधा थपियो
स्याङ्जामा चुनावी ‘ड्राइ डे’ लागू, नतिजा नआएसम्म मदिरा बिक्रीवितरण तथा सेवनमा अस्थायी रोक
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
स्याङ्जा–२ मा झविलाल डुम्रेको चुनावी प्रतिबद्धता सार्वजनिक, सुशासनदेखि कृषि र पूर्वाधारसम्म प्राथमिकता
यो पनि पढौँ
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
अटोवेजले भित्र्यायो ‘युरो–६’ लक्जरी बस, स्विफ्ट होलिडेजद्वारा ६ बस सञ्चालनमा [तस्वीरहरू]
चुनावमा तीन दिन बिदा दिन सरकारलाई आयोगको सिफारिस