पोखरा प्रिमियर लिग (पिपिएल) क्रिकेट प्रतियोगिताका लागि पोखरा रंगशालामा क्रिकेट मैदान तयार पारिँदै छ । यसका लागि अहिले मर्मतसम्भार तीव्र बनाइएको छ । क्रिकेट मैदान निर्माण गर्ने जिम्मा पाएको क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिले मर्मत कार्यलाई तीव्र पारेको छ । पोखरा क्रिकेट मैदानका क्युरेटर प्रदीप राउतको नेतृत्वमा एक टोली नै खटिएको छ । नयाँ पत्रिका दैनिकका लागि गोविन्द सुवेदीको न्युज छ ।
क्युरेटर राउतले प्रतियोगिता हुनुभन्दा २५ दिनअघि नै निर्माण गरेर सुम्पने तयारीका साथ कामलाई तीव्रता दिइएको बताए । ९ देखि २० कात्तिकसम्म हुने लिगका लागि पोखरा रंगशालाको दक्षिणतर्फ रहेको क्रिकेट मैदान मर्मतसम्भार गर्ने काम अहिले जारी छ ।
स्पाइक्स लगाएर खेल्न मिल्ने मैदान
क्युरेटर राउतका अनुसार पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदानलाई त्रिवि क्रिकेट मैदानपछिको स्पाइक्स (किला भएको जुत्ता) लगाएर खेल्न मिल्ने गरी विकास गरिँदै छ । त्यसका लागि पिच कडाखालको बन्नुपर्नेछ । त्यहीअनुरूप बनाउन मिहिनेत भइरहेको राउतले जानकारी दिए । क्रिकेट मैदानमा ४ वटा क्रिकेट पिच बनाउनेक्रम अहिले जारी छ । सेन्टर क्रिकेट पिच (सेन्टर विकेट) बनिसकेको छ । त्यहाँ पिच गरेर माथिबाट माटो हालेर दुबो रोपिएको छ । अब त्यहाँ टप ड्रेसिङ गर्न मात्र बाँकी छ । २ नम्बर पिचमा पनि यो काम सकिएको छ । अब ३ नम्बर र ४ नम्बर पिचमा दुबो लागाउने काम गरिनेछ ।
पुरानै माटो प्रयोग
मैदानका लागि पुरानै माटो प्रयोग भएको छ । १० वर्षअघि क्रिकेट मैदान बनाउँदा प्रयोग गरेकै स्थानको माटो प्रयोग गरिएको राउतले जानकारी दिए । ‘यो माटो क्रिकेट पिचका लागि उपयुक्त भएकाले पुनः त्यहीँबाट ल्याएर प्रयोग गरिरहेका छौँ’ उनले भने । टर्निङ विकेटका लागि उपयुक्त मानिने यस्तो माटो भारतको मुम्बईलगायत राम्रा क्रिकेट मैदानमा पनि प्रयोग गरिएको उनको भनाइ छ । यो क्रिकेट मैदानबाट माछापुच्छ्रे र अन्नपूर्ण हिमशृंखला देख्न सकिन्छ ।
अन्तर्राष्ट्रिय मापदण्डको मैदान
मैदानमा पिच मात्र हैन, आउटफिल्ड सम्याउने र विस्तार गर्ने काम पनि सँगसँगै भएको छ । साबिक क्रिकेट मैदानमा चौघेरा ३ मिटर थपेर अन्तर्राष्ट्रिय मापदण्डको क्रिकेट आउटफिल्ड बनाइने क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिका व्यवस्थापक छुमी लामाले जानकारी दिए । आउटफिल्डमा डोजर लगाई झाडी फाँडिएको छ ।
अब त्यहाँ मेसिनले लेबलिङ गर्नेछ । त्यसपछि बालुवा र माटो हालेर दुबो रोपिने उनको भनाइ छ । उनका अनुसार मैदानमै ३ वटा साइड स्किन पनि राखिने भएको छ । यसैगरी, प्लेयर बक्स, स्कोरबोर्ड, बाउन्ड्री रोप पनि स्थायी प्रकारको बनाइनेछ । मैदानको उत्तरतर्फ दर्शक बस्नका लागि प्याराफिट निर्माण गरिने भएको छ । एक सय मिटरको उक्त प्याराफिट अस्थायीखालको हुनेछ । फलाम गाँसेर बनाइने सो प्याराफिट साढे ४ हजार क्षमताको हुनेछ ।
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला