सूचना प्रविधिको उच्चतम प्रयोग गर्ने सरकारी निकायमा नेपाल प्रहरी उत्कृष्ट भएको छ ।आइसीटी अवार्ड २०१८ अन्तर्गत नेपाल प्रहरीले डिजिटल गभर्नेन्स अवार्ड २०१८ प्राप्त गर्न सफल भएको हो ।
लिभिङ विथ आइसिटीको आयोजनामा शुक्रबार काठमाडौंको होटल र्याडिसनमा भएको नेटगियर आइसिटी अवार्ड २०१८ समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले नेपाल प्रहरीलाई डिजिटल गभर्नेन्स अवार्ड प्रदान गरेका थिए ।
नेपाल प्रहरी फरेन्सिक ल्याब इन्स्टल गर्ने कार्यमा समेत अघि बढिसकेको छ भने केही वर्षदेखि नै सुरु गरेको अनलाइनबाट चारित्रिक प्रमाणपत्र लिने सुविधा पछिल्लो ४ महिनायता विदेशमा बसेर पनि अनलाइन दर्ताको माध्यमबाट लिने सुविधा समेत ल्याएको छ ।
त्यस्तै नेपाल प्रहरीको कार्यालयमा कागजको प्रयोग ८० प्रतिशतले घटिसकेको छ । हाम्रो पुलिस, ट्राफिक पुलिसजस्ता एपमार्फत नागरिकलाई विभिन्न घटनाको जानकारी, ट्राफिकको अवस्था लगायतका सूचना पनि प्रहरीले दिइरहेको छ ।
त्यति मात्र नभएर नेपाल प्रहरीले साइबर अपराध अनुसन्धानमा समेत ब्यापक रुपमा सूचना प्रविधिको प्रयोग गर्दै आएको छ । बिभिन्न ११ प्रतिस्पर्धीलाई पछी पार्दै उत्कृष्ट हुन सफल नेपाल प्रहरी अहिले पेपरलेस अवाधारणालाई अवलम्बन गर्दै अघि बढेको छ ।
अहिले नेपाल प्रहरीमा करिब २०० आइटी तथा कम्प्युटरमा दक्ष कर्मचारी रहेका छन् ।
आइसिटी अवार्डको तेस्रो सस्करणको रुपमा भएको नेटगियर आइसिटी अवार्ड २०१८ मा एक सयभन्दा बढिको अनलाइन नोमिनेशन दर्ता भएको थियो । शुक्रवार साझ सञ्चालन भएको अवार्ड कार्यक्रमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द«मान गुरुङ, प्रधानमन्त्री कार्यालयका सचिव केदार बहादुर अधिकारी, शिक्षा मन्त्रालयका सचिव कृष्णराज बिसी, नेपाल प्रहरी प्रमुख सर्वेन्द« खनालको सहभागिता रहेको थियो ।
सम्बन्धित खबर
डिजिटल सुरक्षाको नयाँ बाटो: स्याङ्जाका युवाको फरक यात्रा
मंग्रह ग्रह छाडेर चन्द्रमामा बस्ती बसाउने मस्कको योजना !
फेसबुक, इन्स्टा, ह्वाट्सअप चलाउने कम्पनी मेटा सम्पर्कमा, दर्ता प्रक्रियाको जानकारी माग गरेको मन्त्रालयको भनाई
रातिदेखी नेपालमा कुन-कुन सामाजिक सञ्जाल चल्छन्, कुन चल्दैनन् ? (सूचीसहित)
एन्ड्रोइड फोनमा ‘कल डिस्प्ले’ अचानक परिवर्तन
नेपाल आयो उड्ने ट्याक्सी, भदौ ३ गतेबाट भृकुटीमण्डपमा देख्न पाइने
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)