सुन्दरी नगरी पोखरालाई कुरुप वनाउनेहरुलाई महानगरपालिकाले खोजी खोजी कारवाही गर्न थालेको छ । सार्वजनिक स्थल, सडक र चोकहरुमा फोहोर फाल्नेहरुलाई पत्ता लगाएर कारवाही गरिएको फेहरिस्त प्राप्त भएको छ ।
फोहोर फाल्नेहरु सुकिला मुकिला व्यक्ति, समाजसेवी, व्यापारी देखि सहकारी संस्थाहरु रहेका । समाजमा आदर्शका कुरा गरेर नथाक्ने, महानगरलाई सहर सफा राख्नुपर्छ भनेर अर्ति दिनेहरु समेत सुन्दर पोखरालाई डुङडुङ्ती गन्हाने पोखरा बनाउनेको सूचिमा परेका छन् ।
लेकसाइडमा डान्सरवार चलाउने रंगिला डान्स वार देखि हिमालयन दोर्जे रेष्टुरेन्ट न्यूरोड समतले आफ्नो व्यवसायवाट निस्केको फोहोर मैला सडकमा ल्याएर फाल्ने गरेको फेला पारेर महानगरले नगद दण्ड जरिवाना तिराएको छ । महानगर पालिकाले फोहोर मैला संकलन र व्यवस्थापन कार्यलाई सार्वजनिक निजि साझेदारी कार्यक्रम वमोजिम विभिन्न साझेदारी संस्थालाई जिम्मा दिएको छ । हाल २५ वटा वडामा यस्तो कार्यक्रम लागु गरिएको पोखरा महानगरपालिकाका सरसफाई शाखा प्रमुख कल्पना वरालले वताइन ।
हाल सार्वजनिक ठाउँमा फोहोर फालेको आरोपमा दण्डित भएकाहरु नियमित फोहोर उठाउने वडाका परेका छन् । यो हेपाहा प्रवृत्ति हो जसरी भएपनि पोखरा विगोर्नलाई कारवाही गरेरै छाड्ने कल्पना वरालले वताइन् । जनप्रतिनिधिहरुले दण्डित गर्न निर्देशन दिएपछि आफूहरुले त्यसलाई गंभिरतापूर्वक छानविन गरेर फोहोर फाल्नेलाई कारवाही गर्ने अभियाननै चलाएको वताएकी छिन् ।

प्राप्त कारवाही सूचि संक्षिप्त सूचि हो । अझै पनि पोखराका वजार क्षेत्र पृथ्वीचोक, जिरो किमी, नयाँ बजार वगर क्षेत्रमा राती राती फोहोर फाल्ने क्रम रोकिएको छैन । कुखुराका भुत्ला आन्द्रा मात्रै हैन मेडिकल जन्य फोहोरहरु पनि सामान्य फोहोरमै मिसाएर गाडीमा फाल्ने गरेको गुनासाहरु महानगर सम्म पुगेको छ तर कारवाहीको दायरामा ल्याउन सकेको छैन ।
पछिल्लो समय महानगर पालिका फोहोर मैला जथाभावी फाल्ने उपर कडा रुपमा प्रस्तुत भएपनि आवश्यकता अनुसार गाडी पुग्न नसकेका कारण फोहोर मैलाको समयमै व्यवस्थापनमा समस्या आइपरेको छ । महानगरले कारवाहीलाई भन्दा जनचेतना फैल्याउने गरि कार्यक्रम ल्याउनु पर्छ।
त्यसो त पोखरा महानगरपालिका ले फोहोरमैला व्यवस्थापन गर्ने कार्यलाई टेण्डरमा दिने निर्णय गरेको पनि वर्ष दिन हुन लाग्दा पनि निर्णय कार्यान्वयनमा ल्याउन सकेको छैन । अन्य साना तिना योजनाहरु कार्यान्वयनमा आए पनि फोहोरमैला र होर्डिङ वोर्ड टेण्डर प्रकृयावाट दिने र राजस्व वृद्धि गर्ने कार्य अगाडि वढ्न सकेको छैन । यस विषयको ढिलाईमा महानगर कार्यपालिकाका सचेतक शोभामोहन पौडेलले पनि असन्तुष्टि व्यक्त गरे । टेण्डरमा ढिलाई हुँदा महानगरले ठूलो घाटा व्यहोररहेको ले तत्काल टेण्डरमा गएर महानगर सभा र कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न ढिला भइसकेको वताए । प्रवक्ता धनवहादुर नेपालीसँग भइरहेको प्रगति वारे वुझ्दा टेण्डर प्रकृयाको लागि पेपर वर्क भएको वताए । कहिले हुन्छ टेण्डर भन्ने वारेमा खुलाउन चाहेनन् । उनले भने अव छिट्टै हुन्छ ।
सराङकोट साप्ताहिकबाट ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो