स्याङ्जाको पुतलीवजार नगरपालिका ७ बाँसपुरमा एक युवतीको रहस्यमयी मृत्यु भएको छ । २० वर्षिया कृतिका वरालको आफ्नै घर नजिक रुखमा झुण्डिएको अवस्थामा शव फेला परेको घटनालाई लिएर माइती पक्षले मृतकको श्रीमान् तिलक रेग्मीले हत्या गरेको आशंका व्यक्त गर्दै प्रहरीलाई निस्पक्ष अनुसन्धान गर्न माग गरेका छन् ।
मृतक कृतिका वराल र तिलक रेग्मी वीच ७ महिना अघि प्रेम विवाह भएको थियो । रेग्मीले मादक पदार्थ सेवन गर्दै श्रीमती कृतिकालाई दुव्र्यवहार गर्ने गरेको माइती पक्षले वताएका छन् । घटना घटेको रात साउन ३० गते राती दुई वजे तिलक रेग्मी मादक पदार्थ सेवन गरेर घर आएका थिए । घटना सोही राती भएको थियो । साउन ३१ गते विहान मात्र कृतिकाको शव फेला परेको थियो ।
मृतक वरालको मृत्यु झुण्डिएर भएको घर पक्षकाले दावी गरे पनि मृतकको घाँटीमा डोरीको निल डाम केहि नरहेको स्याङ्जाका एस.पि. जय सापकोटाले वताए । एस.पि.ले भने – ‘मृतकको शरीरमा कतै निल डाम छैन । सामान्यता झुण्डिएर मृत्युवरण गर्ने व्यक्तिको घांटीमा निलो डाम वस्छ ।’ यता, माइती पक्षले मृतक वरालको घांटी भन्दा केही तल निल डाम रहेको वताएका छन् । मृतकका भिनाजु दिपक पौडेलले भने “यो मृत्यु रहस्यमयी वनेको छ स्वतन्त्र छानविन हुनुपर्छ।”
मृतकको पोस्टमार्टम भएपनि रिपोर्ट नआएको प्रहरीले वताएको छ । मृतकको भिसेरा परिक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाइएको स्याङ्जा प्रहरी प्रमुख एस.पि. सापकोटाले वताए ।
प्रहरीले मृतकको घरवाट डायरी वरामद गरेको छ । वरामद भएको डायरीमा पनि कृतिकाले आफ्नो श्रीमान्को व्यवहारवाट दिक्क भएको व्यहोरा उल्लेख गरेको एस.पि.ले वताए । उनको हस्ताक्षर हो होइन भन्ने परिक्षणका लागि पठाइएको छ ।
मृतकको नाक र कानबाट रगत निस्केको प्रहरीले गरेको घटना स्थल लाश जाँच प्रकृति मुचुल्कामा उल्लेख गरेको छ। यसको कारण कर्तव्य हो कि आत्महत्या खोजी हुनु पर्ने कृतिकाको माइती परिवारले आग्रह गरेको छ ।
-सराङकोटबाट ।
सम्बन्धित खबर
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पोखरामा फोहोर फाल्ने ठाउँमा विष्फोटक पद्धार्थ भेटियो
पोखरा र गौतमबुद्ध विमानस्थल सञ्चालनको जिम्मा निजी क्षेत्रलाई दिने
फुस्रे खोलाले फेरि लियो ज्यान, १४ वर्षीय नेपालीको मृत्यु
प्रथम पिसिएम कप प्लस टु फुटसल टुर्नामेण्ट हुँदै
यो पनि पढौँ
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु
सचिवको एसएमएसमाथि प्रधानमन्त्री पदमा रहेकाबाट गरिएको ‘मजाक’लाई मन्त्री, सांसदको साथ