सुन्दरकुमार थकाली
मुस्ताङ,७ भदौ
मुस्ताङको मुक्तिनाथमा वर्षेनी आयोजना हुँने सांस्कृतिकपर्व यार्तुङ महोत्सव बिहिवार बिहान देखि सुरु हुँने भएको छ ।स्थानीय मौलिक परम्परामा आधारित यस पर्व सदियौकाल देखि हिमाली गुरुङ समूदायका स्थानीयले धुमधामका साथ मनाउने गरेको पाईन्छ ।
पछिल्लो समय स्थानीय युवाहरुले मनाउदै आएको मौलिक सास्कृतिक पर्व यातुङलाई खेलकुदको प्रर्वधन,सास्कृतिक बिकास,पर्यटन प्रर्वधनका रुपमा रुपान्तर गर्दे आएको जनप्रिय युवाक्लवका पूर्व अध्यक्ष सुरज गुरुङले जनाए ।समुन्द्री सतह देखि ३८ सय मिटरको उचाईमा अवस्थित मुस्ताङको पवित्र धार्मिक स्थल मुक्तिनाथ रानीपौवा बजारमा बिहिबार हुने यार्तुङ महोत्सवको प्रतिनिधिसभाका सांसद माननीय प्रेमप्रसाद तुलाचनले एक समारोहकाबीच उद्घाटन गर्नुहुने भएको छ ।
स्वदेशी तथा बिदेशी पर्यटक प्रर्वद्धन गर्ने उद्देश्यले यो वर्ष पनि ‘मुक्तिनाथ घुम्न जाऔ ,यार्तुङ महोत्सवमा रमाऔ’भन्ने नारा सहित महोत्सवको विधिवत् सुरुहुने पूर्वअध्यक्ष गुरुङले बताए । भाद्र ७ देखि १० गते सम्म चार दिन लगातार संन्चालन हुने यार्तुङ महोत्सवमा सेभेन ए साईड फुटबल, तारा खेल,घोडा दौड प्रतियोगिता लगायत विविध सांस्कृतिक कार्यक्रम यसवर्ष पनि निरन्तरता दिईने आयोजकले जनाएको छ ।यसअघि वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको झोङ र खिङ्गा तथा उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाको लोमान्थाङका बिष्ट र लोहा समुदायले यार्तुङ पर्व धुमधामले मनाईसकेका छन् ।मुक्तिनाथ रानीपौवामा हुने यार्तुङमा स्थानीयले स्यार्पो नृत्य पनि देखाउने चलन छ ।
सम्बन्धित खबर
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
अरौंदी खोलाको कजवेमा आवतजावत बन्द, पटक–पटकको दुर्घटनापछि प्रशासनको कडाइ
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ