तनहुँ । विद्यालयलाई यातना गृह बनाउने हो भने त्यस्ता विद्यालयबाट विद्यार्थीले के सिक्लान ? सोझै अनुमान लगाउन सकिन्छ । २१ औं शताब्दिको शिक्षा भनेको दण्ड र यातनाबाट टाढा रहनुपर्छ । तर, तनहुँको दमौली बजारमा भने त्यस्तो देखिएन । बालवालिकाहरु पढ्ने विद्यालयमा केवल अध्ययनमैत्री वातावरणको अपेक्षा गरिन्छ तर, तनहुँको दमौलीमा रहेको एक विद्यालयलाई भने शिक्षकले यातना गृह बनाएको पुष्टि भएको छ ।

दमौलीको वाराही आवासिय उच्च माविका प्रधानाध्यापक लक्ष्मण ताम्राकारले कक्षा १० मा अध्ययनरत ३ जना छात्राहरु लाई निर्घात कुटपिट गरेका छन् । गत सोमबार राति ११ बजेको समयमा होस्टेलमा होहल्ला गरेको भन्दै विद्यालयका प्रधानाध्यापक लक्ष्मण ताम्राकारले तिन जना छात्राहरु लाइ मंगलबार एका बिहानै निर्घात कुटपिट गरेका हुन् । कुटाइ खाने विद्यार्थीहरुमा कक्षा १० मा अध्यनरत वर्ष १६ की कबिता आले, एकिका थापा र क्रिष्टिना श्रेष्ठ रहेका छन ।प्रधानाध्यापक लक्ष्मण ताम्राकारले कुटेको डाम शरिरको घुडा, तिघ्रा र हातमा रहेको छ ।

कुटिएका विद्यार्थी घटनाको भोलिपल्ट मंगलबार दिउसो उपचारको लागि एपोलो अस्पताल दमौलीमा लगिएको विद्यार्थीको अभिभावक बिमला आलेले बताइन । तनहुँको महंगो विद्यालयमा मानिने वाराही आवासिय उच्च माविमा विद्यार्थीले निर्घात कुटाई खानुपरेपछि अरु सामान्य विद्यालयको अवस्था के होला ? एसइइ परीक्षाको तयारी गरिरहेका विद्यार्थी माथि बिद्यालयका प्रधानाध्यापक बाटै यस्तो दुव्र्यवहार सहनुपर्दा विद्यालय र शिक्षकप्रति विद्यार्थीको मनस्थिति कस्तो होला ? भौतिक यातनाको विकल्प अरु नभएझै कुटपिटमा उत्रने विद्यालयका मुख्य व्यक्ति प्रधानाध्यापक लक्ष्मण ताम्राकार भने अहिले दमौली बाहिर रहेको टेलिफोन मार्फत बिद्यार्थीका अभिभावक लाइ जानकारी गराएका छन् ।

विद्यालयका प्रधानाध्यापक लक्ष्मण ताम्राकारले विद्यार्थी माथि भएको कुटपिटको घटना स्वीकार गरेका छन् । उनले पिडित विद्यार्थी एकिका थापाको अभिभावक खिमु थापा लाइ फोन मार्फत आफुले विद्यार्थी लाई २-२ पटक कुटेको स्वीकार गरेका छन । तर पिडित विद्यार्थी भने विद्यालयका प्रधानाध्यापक लक्ष्मण ताम्राकारको भनाइ संग सहमत छैनन । आफुहरु माथि ५ देखि ९ पटक लगातार कुटपिट भएको उनीहरुले बताए ।

विद्यार्थी लाइ निर्मम रुपमा किन कुट्नु भयो भन्ने प्रश्नमा विद्यालयका प्रधानाध्यापक लक्ष्मण ताम्राकारले तिन जना छात्राहरुले होस्टलमा परीक्षाको नजिकै आएको समयमा राति होहल्ला गरेको, अन्य विधार्थी लाई पढाइमा असर पुर्याएको, भुत आयो भन्दै ठुलो आवाज निकाल्दै कराएको, राति होस्टलमा गित गाएको कारणले आवेशमा आएर कुटपिट गरेको उनले गण्डक न्युज संगको भने । ‘ति छात्राहरु लाई अहिले मात्रै होइन पटक-पटक वार्निङ दिदै आएको हो तर उनिहरुले सुधार नगरेको हुदा यसपटक यस्तो घटना हुन पुग्यो प्रधानाध्यापक लक्ष्मण ताम्राकारले भने ।’ आफुले गल्ति गरेको उनले स्वीकार गरेका छन । आफु लाई जस्तोसुकै कारबाही भए पनि भोग्न तयार रहेको उनले बताए । मैले अभिभावक संग माफी मागीसकेको छु उनले भने,- अब जागिर नै छोड्नुपर्छ भने पनि छोड्न तयार छु, म दमौली बाट भागेको होइन मेरो काम विशेषले गर्दा धरान आएको छु, म पर्सि शुक्रबार दमौली आइपुग्छु उनले गण्डक न्युज संग भने ।
उक्त विद्यालयका सस्थापक सदस्य इश्वर वाग्लेले विद्यालयका प्रधानाध्यापक लक्ष्मण ताम्राकारले विद्यार्थी माथि कुटपिट गरेको स्वीकार गरेका छन् । सस्थापक सदस्य वाग्लेले भने–“प्रधानाध्यापक लक्ष्मण ताम्राकार शुक्रबार आउनुहुन्छ अनि अन्य कुरा त्यसपछि मात्रै अगाडी बढ्छ ।” सानो गल्तीलाई लिएर गरिएको कुटपिट प्रकरणमा पिटाई खाने र दाग देख्ने विद्यार्थीहरुको मनको त्रास रहेको विद्यार्थीका अभिभावकले बताएका छन । यो घटनाले पढ्न पठाएका र होस्टलमा राखिएका बालवालिकाहरुको सुरक्षा चिन्ता बढाएको छ । यसै बीच बुधबार पिडित विद्यार्थीका अभिभावकले जिल्ला प्रहरी कार्यालय तनहुँमा प्रधानाध्यापक लक्ष्मण ताम्राकार लाई शुक्रबार उपस्थित गराउन जाहेरी दिएका छन ।
सम्बन्धित खबर
प्रतिभा सुपर लिग क्रिकेट सुरू, प्रतिभा र बाल मन्दिरको विजयी सुरूवात
स्याङ्जाका ५६ मतदान स्थल अति संवेदनशील
सिद्धार्थ राजमार्गमा दुर्घटनापछि कुटपिट, भीरकोटका युवक प्रहरी नियन्त्रणमा
स्याङ्जाका पत्रकार न्यौपाने एनटिभीबाट सम्मानित
फेदीखोलामा चिया खाजा घरमा चोरी, एक जना पक्राउ
ट्याङ्की मर्मत गरेर फर्किने क्रममा भीरबाट खस्दा गल्याङमा एक जनाको ज्यान गयो
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ