पोखरा । पोखरामा हवाई मार्गबाट आउने पर्यटकको संख्या बढ्दै गएको पोखरा विमानस्थलको तथ्यांकले देखाएको छ । बितेको आर्थिक वर्षभन्दा २०७४/७५ मा ३२ प्रतिशतले पर्यटक बढेको नागरिक उड्डयन प्राधिकरणको पोखरा कार्यालयका प्रमुख भोलाप्रसाद गुरागार्इंले जानकारी दिए ।
उनले अघिल्लो वर्षभन्दा १ लाख ४१ हजार ६ सय ७१ जना पर्यटक बढी आएको जानकारी दिए । ‘नेपाली मात्रै हैन, विदेशी पर्यटक पनि बढेका छन्’, उनले भने, ‘२०७३/७४ मा विदेशी पर्यटक १ लाख ३९ हजार ४ सय ७७ जना आएका थिए, २०७४/७५ मा १ लाख ७५ हजार २४ जना पर्यटकले विमान प्रयोग गरे ।’
उनले आर्थिक वर्ष २०७३/७४ मा ४ लाख ११ हजार ५ सय ३६ जनाले हवाईमार्ग प्रयोग गरेकोमा २०७४/७५ मा ५ लाख ५३ हजार २ सय ७ जना हवाईमार्गबाट आवतजावत गरेको बताए । पोखरामा विमानस्थलमा पछिल्लो आर्थिक वर्षको एक वर्षमा २ लाख ७० हजार २ सय ३० जना हवाईमार्गबाट पोखरा प्रवेश गरेका छन् भने २ लाख ८२ हजार ९ सय ७७ जना पोखराबाट बाहिरिएका छन् ।
विमानस्थलको आम्दानी पनि ३४ प्रतिशतले बढेको उनले बताए । अघिल्लो आर्थिक वर्षभन्दा २ करोड २३ लाख आम्दानी बढेको जानकारी उनले दिए । आर्थिक वर्ष २०७३/७४ मा ६ करोड ९४ लाख ३० हजार आम्दानी भएको थियो भने २०७४/७५ मा ९ करोड १७ लाख ३० आम्दानी गरेको बताए ।
पोखरा विमानस्थलले यात्रु सेवा शुल्क, जहाज आवतरण, ह्यांगर, घरभाडा लगायत शीर्षकबाट आम्दानी गर्छ । पोखराबाट दैनिक पोखरा काठमाडौं, पोखरा भैरहवा, पोखरा चितवन र पोखरा जोमसोम सिधा उडान हँुदै आएको छ । बुद्ध एयर, यती एयरलायन्स, सिम्रिक एयर, नेपाल एयरलायन्स, तारा एयरलायन्स लगायतले दैनिक करिब २० उडान भर्छन् ।
थपिँदै उडान
पोखरामा पर्यटकीय सिजन सुरु हुने हुनै लाग्दा एयर लाइन्सहरुले फ्लाइट संख्या बढाउने तयारी थालेका छन् । पोखरा काठमाडौं रुटमा बुद्ध एयरले भदौ दोस्रो सातापछि दैनिक १४ फ्लाइट तयारी गरेको बुद्ध एयरका पोखराका प्रमुख गौतम बरालले जानकारी दिए ।
‘अहिले दैनिक ८ फ्लाइट छ,’ उनले भने ‘पर्यटकीय सिजनमा अग्रिम ५० प्रतिशतभन्दा बढी बुकिङ आइसकेको छ, त्यसैले दैनिक १२/१४ फ्लाइटको तयारी गरिरहेका छौं ।’ उनले आइतबारदेखि पोखरामा नै राति पनि जहाज राखेर बिहान ७ बजे नै फ्लाइट गर्ने तयारी गरेको बताए ।
यती एयरलाइन्सले पनि १२/१३ फ्लाइइटको तयारी गरिरहेको नागरिक उड्डयन प्राधिकरणको पोखरा कार्यालयका प्रमुख भोलाप्रसाद गुरागार्इंले जानकारी दिए ।
सिम्रिक एयरलाइन्सका पोखरामा प्रमुख विकास बरालले पर्यटकीय सिजनका लागि ५ फ्लाइट थप पर्ने बताए । ‘अहिले २ फ्लाइट हुदै आएको छ,’ उनले भने ‘सिजनको बेला ५/ ६ फ्लाइट उठान गर्ने छौ ।’
मकालु एयरले पनि पोखराबाट चार्टर फ्लाइट गर्ने तयारी गरेको छ । श्रीएयर लाइन्स पनि पोखराबाट उडानका लागि तयारी गर्दै गरेको उनको भनाइ छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो