बेपत्ता पोखरा लामाचौरकी १४ बर्षिया बालिका भोलिपल्ट मृत फेला

बेपत्ता पोखरा लामाचौरकी १४ बर्षिया बालिका भोलिपल्ट मृत फेला

sab fela

पोखरा। पोखरा १९ लामौचारकी एक बालिका मृत फेला परेकी छन् । विन्ध्यवासीनि मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत बालिका मृत फेला परेकी हुन् ।

१४ बर्षिया पुष्पा केसीले बिहीबार विद्यालयबाट फर्किए देखी नै हराएकी थिइन् । विद्यालयको बसले करिब साढे ४ बजे छाडेपछि उनी घर नपुगे पछि बिहीबार साँझबाटै परिवार र स्थानीयले खोजी गरेका थिए । उनको खोजी गर्ने क्रममा शुक्रबार साँझ मृत अवस्थामा फेला परेकी हुन् ।

पोखरा १९ फापरतरोमा केसीको शव भेटिएको प्रहरीले जानकारी दिएको छ । उनको घर पोखरा १९ जिमेरे देखी करिब साढे दुई किलोमिटर पर शव भेटिएको हो । उनको झोला भने पोखरा १९ ढाडमा घर देखी करिब १ किलोमिटर पर भेटिएको थियो । उनको हत्या भएको हुन सक्ने प्रहरीको अनुमान छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ