पोखराकी १३ वर्षीया पुष्पाको हत्याअघि बलात्कार आशंका, स्कर्ट फुकालिएको भेटियो

पोखराकी १३ वर्षीया पुष्पाको हत्याअघि बलात्कार आशंका, स्कर्ट फुकालिएको भेटियो

Puspa

पोखरा । पोखराको लामाचौरमा १३ बर्षिया बालिका पुष्पा केसीको मृत्यु अस्वभाविक देखिएको छ । उनको हत्या र त्यस अघि बलात्कार समेत भएको स्थलगत अवलोकनका क्रममा जानेहरुको ठोकुवा छ ।

उनले लगाएको स्कुलको स्कर्ट फुकालिएको र दुई मिटर पर भेटिनु, झोला पनि टाढा फेला पर्नु, झाडी फाडिएको र मुठीले झारहरु समातेको अवस्थामा उनको शव भेटिएकाले यस शंकामाथि थप बल पुगेको छ ।

कंचनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको विरोधमा मुलुकमा नै आन्दोलन चर्किएको बेला पोखरामा उही प्रकृतिको घटना भएको छ । हत्या वा बलात्कारपछि हत्या बारे प्रहरी अनुसन्धानमै छ ।

विन्ध्यवासीनि मावि बाटुलेचौरमा कक्षा ६ मा अध्ययनरत पुष्पा शुक्रबार साँझ मृत फेला परेकी थिइन् । बिहीबार विद्यालयबाट फर्किदा बाटैबाट उनी बेपत्ता थिईन् । विद्यालयको बसले करिब साढे ५ बजे छाडेपछि उनी घर नपुगेपछि बिहीबार साँझबाटै परिवार र स्थानीयले उनको खोजी गरेका थिए ।

उनको खोजी गर्ने क्रममा शुक्रबार साँझ मृत अवस्थामा फेला परेकी छन् । पोखरा १९ फापरतरोमा केसी शव भेटिएको प्रहरीले जानकारी दिएको छ । उनको घर पोखरा १९ जिमेरे देखी करिब साढे दुई किलोमिटर पर शव भेटिएको हो ।

उनको झोला भने पोखरा १९ ढाडमा घर देखी करिब १ किलोमिटर पर भेटिएको थियो । उनको बलात्कार पछि हत्या भएको हुन सक्ने स्थानीयले बताएका छन् । उनको शब झारले छोपेको अवस्थामा भेटिएको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ