गण्डक न्युज, पोखरा । फेवातालमा पोखरा महानगरपालिका २२ पुम्दीभुम्दीकी सुस्मिता लामिछानेको शव भेटिएको छ । उनको शव सोमबार बिहान १० बजे रेस्क्यु टोलीले तालबाट बाहिर निकालेको हो ।
आइतबार दिउँसो घरबाट निस्किएकी १६ वर्षीया सुस्मिता मध्येरात १२ बजेसम्म परिवारसँग फोन सम्पर्कमै थिईन् । फेवातालको ड्यामसाइडमा उनको मोबाइल र ब्याग फेला परेपछि तालमै हाम्फालेको आशंकामा उनको बिहानैदेखि खोजी सुरु गरिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख डिएसपी नविन कार्कीले जानकारी दिए ।
‘परिवारसँग १२ बजेसम्मै फोन भएको देखियो । ११ बजे राति ड्यामसाइडमा एउटी केटी यताउति हिँडिरहेको नजिकैका घरतिरका मान्छेले पनि बताएका छन् ।’ डिएसपी कार्कीले भने– ‘यसैको आधारमा खोजी गर्दा १० बजेमात्रै उनको शव भेटियो ।’

साथीको घरमा जान्छु भनी घरबाट हिँडेकी उनको झोला र मोबाईल बिहान ड्यामसाइड पार्कमा भेटिएको हो । उनले राति साढे १० बजेको समयमा आफ्नो घरमा आमालाई र छिमेकी एक जनालाई म्यासेज गरेको बताईएको छ ।
अपरान्ह साढे ४ बजेतिर उनी घरबाट निस्किएको र फोनमा आफू फर्कन पनि सक्ने, नफर्किने जस्ता कुरा गरेको परिवारलाई उद्दृत गर्दै प्रहरीले जनाएको छ । सुस्मिता छोरेपाटन माविमा कक्षा १० मा अध्ययनरत थिईन् । सुस्मिताले पछिल्लो समय औषधि सेवन गर्दै थिईन् ।
उनका बुबा दुर्गादत्त लामिछाने हाल वैदेशिक रोजगारीको क्रममा युएइमा छन् । घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यसअघि, ड्यामसाइड तल तालमा पोखरा रत्नचोक स्थित सबलाइम बोर्डिङ स्कुलमा अध्ययनरत १८ वर्षीया दीपा कुँवरले स्कुल ड्रेसमै ज्यान फालेकी थिईन् । भदौ २ गते स्याङ्जा पुतलीबजार नगरपालिका अरौदी घर भएकी कक्षा ११ मा म्यानेजमेन्ट अध्ययनरत १८ वर्षिया कुंवरले विद्यालय पोशाकमै फेवाताल बाँध मुनि रहेको बोक्सी रहमा हाम फालेर आत्महत्या गरेकी हुन् । आइडी कार्ड, माला, घडी र २० रुपैंया छाडेर उनी हाम्फालेकी हुन् ।
त्यही ठाउँमा साउन २३ यता २ जना पौडी खेल्दा बगेर बेपत्ता छन् । यसअघि पनि एक जनाको शव सोहि क्षेत्रमा भेटियो । हुन् । २० दिनभित्रै ५ जनाको ज्यान सो वरिपरि गईसकेको छ ।
तस्विर: मन गुरुङ
सम्बन्धित समाचारहरु
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए