लेखनाथमा कुलोले बगाएर ४ वर्षीय नाबालकको ज्यान गयो

लेखनाथमा कुलोले बगाएर ४ वर्षीय नाबालकको ज्यान गयो

ajit (2)

गण्डक न्युज, पोखरा । पोखरामा कुलो नाली कतिसम्म असुरक्षित छन् भन्ने पुष्टि भएको छ । कुलोमा बगेर अबोध बालकले ज्यान गुमाएका छन् । पोखरा २६ निवासी होमकुमारी गुरुङका ४ वर्षीय छोरा अजितको सोमबार कुलोले बगाएर ज्यान गएको हो ।

अजितको शव दिउँसो पौने १ बजेतिर पोखरा २७ खोलाको डिल स्थित कुलोले तैराएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए ।

परिवारलाई उद्दृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार बालक ४ घण्टादेखि हराएका थिए । पछि नजिकैको कुलोले बगाएको हुन सक्ने आशंका गरी खोजी गरिएको थियो । पछि, खोलाको डिलमा बालकको शव देखियो ।

पोखराका मुख्य बजार क्षेत्रभित्र नै जमिन मुनी भएर बग्ने कुलो सुरक्षित छैनन् । माथि तारजाली राख्न र सुरक्षित बनाउन अत्यन्त आवश्यक भईसकेको छ । बच्चाहरु खेल्ने क्रममा कुलोमा पर्न गए यस्ता दुःखद दुर्घटना फेरि निम्तिन सक्छ । कृपया, आफ्ना बाबुनानी एक्लै बाहिर नछाडौं । कुलो नालीलाई तारजालीले घेर्न सरोकारवालाको ध्यान जाओस् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ