पोखरा । नेपालले इन्डोनेशियामा जारी १८ औं एसियाली खेलकुदमा ११ औं दिनमा पदकको खडेरी चिर्दै प्याराग्लाइडिङबाट रजत पदक हात पारेको छ । एशियाली खेलमा पहिलो पटक समाबेश प्याराग्लाइडिङ क्रस कन्ट्रि तर्फको पुरुष टिम इभेन्टमा इतिहास रच्दै रजत पदक हात पारेको हो ।
नेपाल जापान भन्दा जम्मा २७ अंकले पछि पर्दै रजत पदकमा चित्त बुझाएको हो । पाँच दिन सम्म जारी रहेको खेलमा दुई दिन सम्मको टास्कमा तेश्रो स्थान, तेश्रो दिनको खेलमा चौथो भएको थियो । तर चौथो दिनको खेल सुर्धादै नेपाल दोश्रो स्थान उक्लिएर अन्ततः पाँचौ दिन रजत पदक हासिल गरेको हो ।
नेपालका लागि पाइलट बिशाल थापा, विमल अधिकारी, युकेश गुरुङ, शुसिल गुरुङ र बिजय गौतम नायक सावित भए । टिममा रहेका सबैभन्दा कान्छा खेलाडी १६ वर्षिय युकेश गुरुङले पाँचौ दिन सम्मको खेलमा सबैभन्दा उत्कृष्ट खेलाडीको रुपमा स्थापित गर्दै सबैभन्दा बढी अंक बटुलेका थिए । हालैमात्र एसइइको परिक्षा उर्तिण गरेका युकेश कक्षा ११ मा अध्ययन गर्दैछन ।
https://www.facebook.com/gandaknews/videos/337730446965973/
नेपाली टिमको प्रशिक्षकमा योगेश भट्टराई, सानु बाबु सुनुवार र टिम म्यानेजरमा शैलेन्द्र राउत रहेका थिए । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष एवम सांसद जिवनराम श्रेष्ठ खेलाडीलाई बधाइ दिन प्याराग्लाइडिङ खेल स्थल बुधबार कुनचाक पुगेका थिए ।

उनले पोखरा स्र्पोट्स डटकम संग कुरा गर्दै यो नेपालका लागि खुसीको क्षण भएको बताए । उनले भने “हामी यो खुसी सबै नेपाली खेलप्रेमीलाई बाड्न चाहन्छौ ।”

दक्षिण एशियामा पदक तालिकामा भारत र पाकिस्तान पछि नेपालमा पनि थपिएको बताउँदै अध्यक्ष श्रेष्ठले भने–“कुनै पनि खेलको टिम इभेन्टमा पदक हासिल गर्नु सुखद हो, त्यसमा पनि प्याराग्लाइडिङमा पदक आउनु १९९८ देखिको पदक ल्याउने हाम्रो प्रयास सफल भयो ।”

अध्यक्ष श्रेष्ठले यो जितले १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा पनि प्याराग्लाइडिङ खेल समावेश गराउने नेपालको योजनाले सार्थकता पाएको समेत बताए ।

यसैगरि खेलस्थलमा रहेका एसियाली खेलकुदका लागि कार्यबाहक सेभ दि मिसन रिम रानाभाटले समेत यो जितले निकै उत्साहित बनाएको बताए । उनले आफू पोखरेली हुनुका नाताले पनि पोखरामा नै स्थापित खेल प्याराग्लाइडिङले गौरव लागेको धाराणा अघि सार्दै भने–“प्याराग्लाइडिङ खेलले व्यवसायिक रुपमा पर्यटन प्रवद्र्धन मात्र गरेको छैन यसले खेलकुदका माध्यम बाट पनि पदक ल्याएर राष्ट्रको गरिमालाई माथी उठाउन सहयोग पु¥याएको कुरा सिद्ध गरेको छ ।”
एसियाली खेलकुद १९५४ मा नयाँ दिल्लीबाट शुरु भएको हो तथापी नेपाल १९८२ सम्म एसियाडमा पदक ल्याउन सकेको थिएन । एसियाली खेलकुद शुरु भएको ३२ बर्ष पछि नेपालले १९८६ मा ८ वटा पदक जितेको थियो ।

एसियन खेलकुदको इतिहासमा नेपालले इन्डिभिजुअल खेल बाहेक टिम गेममा पदक जितेको थिएन । यो जितले यसलाई पनि चिरेको छ । नेपालले चारवटा पदक बक्सिङबाट र चार वटा पदक तेक्वान्दोले जितेको थियो । नेपालले तेक्वान्दोबाट १२ काश्य र १ रजत पदक जितेको छ भने बक्सिङमा ६ वटा काश्य पदक जितेको छ भने करातेमा ३ काश्य पदक जितेको रेकर्ड छ ।
नेपालका लागि एसियाडमा लगातार पदक जित्ने खेलाडी भने दीपक विष्ट हुन् उनले २००२ मा र २००६ मा तेक्वान्दोबाट नेपाललाई काश्य पदक दिलाएका थिए ।
https://www.facebook.com/gandaknews/videos/2069225743393256/
श्रोत पोखरा स्पोर्टस्: एसियाली खेलकुदमा प्याराग्लाइडिङ बाट नेपालका लागि ऐतिहासिक रजत पदक
सम्बन्धित खबर
‘मिडिया कप फुटसल’को तयारी पूरा, बचत रकम बाढी प्रभावितलाई
नेपाल एसीसी प्रिमियर कप जित्दै एसिया कपमा छनोट
पोखरामा असोज २ र ३ गते गण्डकी प्रदेशस्तरीय ‘मिडिया कप फुटसल प्रतियोगिता’
नेपालका रवीन्द्र ढाँट इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा
प्रथम पीसीएम राष्ट्रिय जुनियर टेनिसको उपाधि शास्वत र आर्याशलाई
पोखरामा पीसीएम राष्ट्रिय जुनियर टेनिस प्रतियोगिता जारी, यू १६ तर्फ सुरेन्द्र च्याम्पियन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला