पोखरा । पोखराका दुईवटा रेष्टुरेण्टमा विहिबार प्रशासनले सिल गरेको छ । अनुगमनका क्रममा अब्यवस्थित रुपमा रेष्टुरेण्ट चलाएको र सरसफाईमा ध्यान नदिएको भन्दै रेष्टुरेण्टमा ताला लगाएको हो । न्यूरोडमा रहेको जिन्जर गार्डेन र लेकसाईडको रेन्बो रेष्टुरेण्ट बन्द गरेको अनुगमन टोलिका सदस्य तथा जिल्ला प्रशासन कार्यालयका अधिकृत अनिल शाहीले जानकारी दिए ।
‘रेष्टुरेण्ट हेर्दा च्याट्ट छ । झकिझकाउ पनि राम्रै छ । तर किचन हेर्दा लठपत्र भेटियो, उनले भने–मानव स्वास्थ्यसँग असर पर्ने गरी फोहोर र किराहरु छन् ।’ भाँडा धुने ठाउँ र किचन एकैठाउँमा राखेका कारण बढी फोहोर भएको उनको भनाई छ ।
लेकसाईडको रेन्बो रेष्टुरेण्टमा कुहिएका मासु र तरकारीहरु भेटिएका थिए । ‘लामो समयदेखि सफा नगरेको किचन । आडैमा भाँडा धुने ठाउँ । दृष्य साह्रै घिनलाग्दो थियो, टोलिका सदस्य तथा उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिलनाथ कोइरालाले भने–हामी त नाक थुन्दै किचन पसेका हौं । जोकोही किचन भित्र छिर्नै सक्दैन ।’
https://www.facebook.com/gandaknews/videos/2298619603488381/
मानव स्वास्थ्यमा गम्भीर लापरबाही गरेको उनको भनाई छ । जिन्जर गार्डेनलाई दुई दिनभित्र किचन ब्यवस्थित गर्न निर्देशन दिईएको छ भने रेन्बोलाई कागजपत्र सहित प्रशासनमा बोलाईएको छ । ‘यस्तो त रेष्टुरेण्ट नै हुँदैन । अवस्था हेर्दा कहिल्यै पनि चल्न नपाउने गरी बन्द गर्नुपर्ने हो, प्रशासन कार्यालयका अधिकृत शाही भन्छन्–रेष्टुरेण्ट वालालाई कागजपत्र लिएर हाजिर हुन भनेका छौं । त्यसपछि के कारबाही गर्ने निर्णय गरौंला ।’
कास्कीकी खाद्य निरीक्षक भुमिका प्रधानले रेष्टुरेण्टहरुमा म्याद गुज्रिसकेका सामान समेत भेटिएको बताईन् । ‘एकबर्ष अघि नै म्याद सकिएका सामान पनि रेष्टुरेण्टको स्टोरमा भेटिएका छन्, उनले भनिन्–यो सरासर उपभोक्ताको हित विपरित छ ।’ टोलिमा महानगरको प्रतिनिधी, पत्रकार लगायतको उपस्थिती थियो ।
अनुगमन टोलिले विहिबार नै न्यूरोडमा रहेको इनर्जी फुडमा पनि अनुगमन गरेको अनुगमनमा क्रममा केही सामानमा म्याद र रकम उल्लेख नभएको र केही चाहीँ म्याद नै गुज्रिसकेको अनुगमन टोलिले बताएको छ । सो पसललाई पनि ४ दिनभित्र पूरा विवरण सहित प्रशासनमा हाजिर हुन निर्देशन गरिएको छ ।
श्रोत:डिएनएनेपाल
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?