श्यामशितल परियार, लमजुङ । लमजुङको उदीपुरमा पहिलोचोटी खुला रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । बेसीशहर नगरपालिका–१, उदीपुरमा रहेको नेपाल जुनियर रेडक्रस सर्कल जनकल्याण माविको आयोजनामा विद्यालयको प्रांगणमै मंगलबार खुला रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो ।
सोमदेव दयादेव स्मृति प्रतिष्ठान उदीपुरको सह–आयोजना एवम् क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर चितवनको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । रक्तसञ्चार कार्यक्रम सञ्चालनमा स्थानीय विभिन्न संघसंस्थाले पनि सहयोग गरेका थिए ।
विद्यालयका प्रअ सूर्यबहादुर अधिकारीका अनुसार रेडक्रस दिवसको अवसरमा विद्यालयमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । ‘रक्तदान नै जीवनदान हो भन्ने पवित्र उद्धेश्य राखेर विद्यालयमा खुला रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने ।
जुरेस जनकल्याण माविका शिक्षक नायक बद्री खनालका रक्तदान कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावक गरी ३६ जनाले रक्तदान गरेका छन् । गाउँठाउँमा सञ्चालन भएको रक्तदान कार्यक्रममा रगतदान गर्न पाउँदा खुशी लागेको रक्तदाताहरुले बताएका छन् ।
रक्तदान गर्दा व्यक्ति आफु पनि स्वस्थ रहन सक्ने र अरुको ज्यान पनि बच्न सक्ने भएकाले रक्तदान गर्दा फाईदा हुने क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर चितवन ब्लड बैंककी प्राविधिक स्टाफ नर्स शिला तिवारीले बताए ।
‘रक्तदान गर्दा मानिसमा हुने रोगमा कमी आउन सक्छ । ३÷३ महिनामा रगत बन्ने हुन्छ । यो रगत पसिना, पिसाबबाटै खेर गएको हुन्छ । स्वस्थ्य व्यक्तिले रगत दान गर्दा राम्रो हुन्छ । रगतदान गर्दा आफु पनि स्वस्थ भईने, अरुको ज्यान पनि बच्ने । त्यसैले रगतदान गर्नुको फाईदा छ,’ उनले थपे ।
उनका अनुसार ३÷३ महिनामा रक्तदान गर्न सकिन्छ । नेपाल रेडक्रस सोसाईटी लमजुङ शाखाका सभापति दीपक बरालका अनुसार जिल्लामा रेडक्रसका २३ उपशाखा रहेका छन् । उनीहरुले रेडक्रस दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेका छन् ।
सम्बन्धित खबर
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
भारत नरकको ढोका हो: अमेरिकी राष्ट्रपति ट्रम्प
११ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार आरोपमा स्याङ्जाका एक पुरुष पक्राउ