श्यामशितल परियार, लमजुङ । लमजुङको उदीपुरमा पहिलोचोटी खुला रक्तदान कार्यक्रम सञ्चालन गरिएको छ । बेसीशहर नगरपालिका–१, उदीपुरमा रहेको नेपाल जुनियर रेडक्रस सर्कल जनकल्याण माविको आयोजनामा विद्यालयको प्रांगणमै मंगलबार खुला रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो ।
सोमदेव दयादेव स्मृति प्रतिष्ठान उदीपुरको सह–आयोजना एवम् क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर चितवनको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । रक्तसञ्चार कार्यक्रम सञ्चालनमा स्थानीय विभिन्न संघसंस्थाले पनि सहयोग गरेका थिए ।
विद्यालयका प्रअ सूर्यबहादुर अधिकारीका अनुसार रेडक्रस दिवसको अवसरमा विद्यालयमा रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो । ‘रक्तदान नै जीवनदान हो भन्ने पवित्र उद्धेश्य राखेर विद्यालयमा खुला रक्तदान कार्यक्रम सञ्चालन गरिएको हो,’ उनले भने ।
जुरेस जनकल्याण माविका शिक्षक नायक बद्री खनालका रक्तदान कार्यक्रममा शिक्षक, विद्यार्थी र अभिभावक गरी ३६ जनाले रक्तदान गरेका छन् । गाउँठाउँमा सञ्चालन भएको रक्तदान कार्यक्रममा रगतदान गर्न पाउँदा खुशी लागेको रक्तदाताहरुले बताएका छन् ।
रक्तदान गर्दा व्यक्ति आफु पनि स्वस्थ रहन सक्ने र अरुको ज्यान पनि बच्न सक्ने भएकाले रक्तदान गर्दा फाईदा हुने क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुर चितवन ब्लड बैंककी प्राविधिक स्टाफ नर्स शिला तिवारीले बताए ।
‘रक्तदान गर्दा मानिसमा हुने रोगमा कमी आउन सक्छ । ३÷३ महिनामा रगत बन्ने हुन्छ । यो रगत पसिना, पिसाबबाटै खेर गएको हुन्छ । स्वस्थ्य व्यक्तिले रगत दान गर्दा राम्रो हुन्छ । रगतदान गर्दा आफु पनि स्वस्थ भईने, अरुको ज्यान पनि बच्ने । त्यसैले रगतदान गर्नुको फाईदा छ,’ उनले थपे ।
उनका अनुसार ३÷३ महिनामा रक्तदान गर्न सकिन्छ । नेपाल रेडक्रस सोसाईटी लमजुङ शाखाका सभापति दीपक बरालका अनुसार जिल्लामा रेडक्रसका २३ उपशाखा रहेका छन् । उनीहरुले रेडक्रस दिवसको अवसरमा विभिन्न कार्यक्रम गरेका छन् ।
सम्बन्धित खबर
खरखरे भिरको पहिरो रोकथाममा ढिलाइ
लमजुङका मालपोत कार्यालय प्रमुख नहुँदा कामकाज प्रभावित, कर्मचारीले पाएनन् तलब
हाइड्रोपावरको लोडर पल्टिँदा लमजुङका घलेको मृत्यु
लमजुङमा ट्र्याक्टर दुर्घटना हुँदा तनहुँका किरणको मृत्यु
अध्यादेश ल्याउनु अहिलेको आवश्यकता हो : सञ्चारमन्त्री गुरुङ
लमजुङबाट १०७ वटा भरुवा बन्दुक बरामद
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति