गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
पोखरा । पोखरा महानगरपालिका–२२ रानीवनमा एकजनाको शव फेला परेको छ । ड्यामसाइट पारीपट्टी रानीवनमा सडेको अवस्थामा बुधबार बिहान एक युवकको शव फेला परेको हो ।
स्थानीयले शव देखेको खबर गरेपछि प्रहरी पुगेर शवको अनुसन्धान गरी पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा व्याएको छ । मृत ब्यक्तिको अहिले सम्म नाम ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । शव सडेको र अनुहार केही नचिनिने अवस्थामा रहेको छ ।
प्रहरीका अनुसार मंगलबार बनको बाटो हुँदै माछा मार्न गएका एक युवाले शवजस्तो देखेको भनेका थिए । बुधबार बिहान उनीसहित स्थानीयको समूह पुगेर एक पुरुषको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
शवको नजिकै पावर बैंकमा चार्ज गरिराखिएको मोबाइल फेला परेको प्रहरीले जनाएको छ । शव सडेगलेको अवस्थामा भेटिएकाले उनको मृत्यु केही दिन अगाडि नै भएको देखिन्छ ।
सम्बन्धित खबर
एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान गर्ने
रास्वपाको आज पनि पोखरामा विरोध प्रर्दशन
‘सडकमा भीड उतारेर अनुसन्धान प्रभावित पार्ने काम स्वीकार्य हुँदैन’ – नागरिक समाज पोखरा
छविलाई बुटवल लगियो, रविसँग सोधपुछ सुरू
रास्वपाको प्रदर्शनमा आफू आफैबीच कुटाकुट
ल्वाङमा बन्यो १९ फिट अग्लो बुद्ध मूर्ति
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन