मुस्ताङमा स्याउको सिजन सुरु

मुस्ताङमा स्याउको सिजन सुरु

IMG_4733

सुन्दरकुमार थकाली,  मुस्ताङ । महिलाहरुको महानपर्व तीज नजिकै गर्दा मुस्ताङमा स्याउको सिजन सुरु भएको छ ।सिजन सुरु भएलगत्तै यहाँ उत्पादित स्याउ जोमसोमका कोशेलीघर देखि प्रदेश मुकाम पोखरा लैजाने तयारी समेत भएको छ । ‘मुस्ताङको स्याउ, चाखेर जाउ’ यो भनाई नारा होईन । मुस्ताङ सदरमुकाम जोमसामका व्यापारीले यहाँ आउने पर्यटकलाई स्याउ खरिद गर्न बाध्य पार्ने बिजनेस थेगो बनेको हो ।

घरपझोङ गाउँपालिका ३ पुथाङ एयरपोर्ट नजिकै व्यापार गर्ने देखि मुक्तिनाथ,कागबेनी,मार्फा,टुकुचे र लेते आदी स्थानमा कोशेलीघर संञ्चालन गर्ने व्यापारीले पर्यटकलाई यही वाक्याम्स प्रयोग गर्दै स्याँउ खरित्न लोभ्याउछन् ।स्थानीय किसानले उत्पादन गरेको स्याउ थोक मुल्यमा खरिद गरेर प्रति केजी १ सय ५० सम्म स्वदेशी तथा बिदेशी पर्यटकलाई बिक्रि गर्ने गर्छन् ।पुथाङकी स्थानीय कोशेलीघरकी बेली तामाङले कोशेलीका रुपमा मुस्ताङको स्याउको क्रेज बढ्दै गएको बताईन् ।‘हवाई जहाज मार्फत बेशी झर्ने सबैले स्याँउ किन्न आउछन् ।यहाँको स्याँउ पर्यटकका लागि मुख्य कोशेली बनेको छ ।’उनले भनीन् ।

स्याउ उत्पादनले प्रसिद्ध मानिएको मुस्ताङमा यो समय स्याँउ टिप्ने सिजन धमाधम सुरु हुँदैछ ।स्थानीय चाडपर्व नजिकिदै गर्दा प्रायः गाउँका बगैचामा यतिबेला धपक्कै लटरम्म स्याँउ फलेका छन्।स्थानीय कृषकको मुख्य आयश्रोत मानिएको स्याउ खेतीले यहाँको वार्षिक अर्थतन्त्र उकास्न महत्वपूर्ण योगदान मिलेको छ ।

आसन्न तिजपर्व तथा दशै र तिहार जस्ता चाडपर्वलाई लक्षित गर्दै स्थानीय तथा जिल्ला बाहिरका स्याँउ खरिद गर्ने व्यापारीहरु बगैचामै धाउन थालेका छन् । व्यापारीहरु श्रावण महिनामै आएर कृषक संग स्याँउको बुकिङ गर्न बैना लगाई फर्किन्छन् । बैनापट्टा गरेका व्यापारीहरु अहिले मुस्ताङका बगैचामा स्याँउ टिप्न जुटेका छन् ।महिलाहरुको महान् पर्व तिज पर्वमा स्याँउको माग बढी हुँने गरेकाले व्यापारीहरु धमाधम स्याँउ टिप्नतीर व्यस्त छन्।तिज पर्वको सेरोफेरोमा मुस्ताङको करिव ५० प्रतिशत स्याँउ प्रदेश मुकाम पोखरा निर्यात हुने गरेको घरपझोङ गाउँपालिकाका कृषि शाखा प्रमुख बिमल खड्काले बताए ।

मुस्ताङका किसानले उत्पादन गरेको स्याउ खरिदका लागि धादिङ,रुकुम ,रोल्पा,म्याग्दी,बाग्लुङ लगायत स्थानीय व्यापारी स्याउ खरित्न मुस्ताङ आउने गर्छन् । किसानले उत्पादन गरेको स्याउ बगैचाको मूल्याङ्कन गरेर मुल्य निर्धारण हुँने चिवाङका किसान मदन थकालीको भनाई छ ।उनले व्यापारीले खरिद गरेको स्याँउ तिजको मौका छोपेर छिटो छिटो टिप्ने गरेको बताए । छिटो टिप्दा अपेक्षा गरिए अनुसारको स्याउमा स्वाद नहुने उनले बताए ।

त्यस्तै थासाङ १ टुकुचेका स्थानीय स्याँउ व्यापारी सुवास थकालीले गतवर्ष भन्दा यो वर्ष स्याँउ कम फलेको अनुमान लगाए ।उनले टुकुचे,चिवाङ र मार्फाका स्याँउ बगैचा चाहार्दा यो सिजन स्याँउ कम फलेको दावी गरे।स्याउको व्यापारबाट गतवर्ष ४० लाख घाटा व्यहोरेका थकालीले यो वर्ष पनि स्याउको व्यापार गर्न कस्सिएका छन् । ‘ ‘गतवर्ष बगैचामै केजीको सय ति¥यौ,’उनले भने,‘अहिले प्रति केजी ८० रुपैयामा खरित्ने किसान संग सहमती भएको छ ।’ उनले,मुकाम लैजादा अन्य बजारबाट आएका स्याउ संग प्रतिस्पर्धा गर्नु पर्ने भएकाले स्याँउको उचित मुल्य नपाएको बताए । स्याउ बजारिकणका लागि पोखरा लैजादा यातायात निर्यात ढुवानी समेत बढी रकम खर्चिनु पर्ने उनको दुखेसो छ ।

गतवर्ष मुस्ताङमा ५३ सय मेट्रिक टन स्याँउ उत्पादन भएकोमा यो वर्ष घटुन सक्ने अनुमान व्यापारीहरुको छ ।यसको एकीन तथ्याङ कार्तिक महिनामा मात्र सार्वजनिक हुँनेछ ।यता,वागवानी बिकासकेन्द्र मार्फाले गतवर्ष २१ सय मेट्रिकटन स्याउ उत्पादन गरेको थियो । वागवानी बिकास केन्द्रमा ४३ जातका स्याउका बेर्ना पाईने भएपनि किसानले ४ जातका स्याउको मात्र बिशेष उत्पादन हुने गरेको केन्द्रका अधिकृत बासुदेव पौडेलको भनाई छ । मुस्ताङको स्याउ बगैचामा मुख्य रुपमा रोयल डेलिसियस,गोल्डेन डेलिसियस,न्यू रोयल डेलिसियस र रेडक्रेप डेलिसियस जातका स्याउ उत्पादन हुने गरेको अधिकृत पौडेल जनाए ।

जिल्लामा कुल १ हजार १ सय १५ हेक्टर जमिनमा स्याउ खेति भैईरहेको छ ।स्याउ उत्पादन भईरहेको जमिनको क्षेत्रफल भने जम्मा ४ सय १५ हेक्टर मात्र छ ।पछिल्लो समय जलवायु परिवर्तनका कारण मुस्ताङको तल्लोक्षेत्र कोवाङ, लेते, टिटी आदी स्थानमा स्याउ खेति बिस्थापित हुँदै गईरहेको घरपझोङ गाउँपालिकामा कार्यरत कार्यालय सहयोगी बिष्णुप्रसाद पौडेलले बताए ।

पौडेल विगत २८ वर्षदेखि मुस्ताङका विभिन्न कार्यालयमा कार्यरत छन् ।वर्षेनी जमिनको तापक्रम बृद्धि भईरहेको अवस्थामा स्याउ उत्पादन क्षमता जोगाउन दिगो जलवायु अनुकुलनको व्यवस्था अपनाउनु पर्ने पौडेलले बताए

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds