मुक्तिनाथ गुरुयोजना अघि टेन्डर

मुक्तिनाथ गुरुयोजना अघि टेन्डर

fb

सुन्दरकुमार थकाली, मुस्ताङ । संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय अन्र्तगत पर्यटन विभागले मुस्ताङको मुक्तिनाथ गुरुयोजना अघि मन्दिर परिसर फराकिलो पार्न टेन्डर आह्वान गर्ने भएको छ । साथै विभागले कागबेनीधामको जीर्ण श्राद्धस्थलको समेत स्तरोन्नति गर्ने जनाएको छ ।

मुक्तिनाथ मन्दिर नजिकै अवस्थित आनी–झुमा बस्ने पुरानो दुईतले घरलाई त्यसको केही तल नरसिंह गुम्बा नजिक स्थान्तरण गर्ने भएको हो । मुक्तिनाथ दर्शन आउने दर्शनार्थीहरुको सहजताका लागि मन्दिरपरिसर फराकिलो पार्न आवश्यक देखिएकाले विभागले यस्तो तैयारी गरेको हो ।

बिहिबार पर्यटन विभागका महानिर्देशकले टेलिफोन मार्फत जिल्ला प्रशासन कार्यालयमा यसबारे जानकारी गराएको प्रजिअ शिशिर पौडेलले जानकारी दिए ।उनले मन्दिर परिसरलाई फराकिलो र खुल्ला राख्न आनी बस्दै आईरहेको घर सहित भक्तजनहरुको सुविधाका लागि तैयार पारिएको कपडा फेर्ने ड्रेसिङ रुम तथा शौचालय आदीलाई नरसिंह गुम्बा नजिक सारिने जनाए । ‘शिघ्र मन्दिर छेउका संरचना हटाईने तैयारी भएको छ ।आनी बस्ने घर देखि आसपासका संरचनाहरु नया निर्माण गर्ने योजना छ । ’प्रजिअ पौडेल भने ।उनले यसका लागि यही भदौको अन्तिम साता बोलपत्र टेन्डर आहवान हुने जानकारी दिए ।

त्यस्तै ,विभागकै आर्थिक पहलमा सोही समय वारागुङ मुक्तिक्षेत्र गाउपालिकाकेन्द्र कागबेनीधाममा अवस्थित श्राद्धास्थलको समेत थप स्तरोन्नति गर्ने जनाएको प्रजिअ पौडले बताए । लगातारको वर्षाले कालिगण्डकी नदीले श्राद्धास्थल रहेको घरको पेटीलाई कटान गरेपद्धि श्राद्ध स्थल जीर्ण रहदै आएको थियो ।

वर्षेनी चैते दशै ,ठुलो दशैको सोह्श्राद्ध तथा रामनवमीका दिन कागबेनी श्राद्धस्थलमा दिवंगत पितृहरुको सम्झनामा तीर्थालुहरुले पिण्डदान गर्ने गर्छन् । अन्य समयमा पनि कागबेनी श्राद्धस्थलमा तीर्थालुको भीड लाग्ने गर्छ । यि दुबै धार्मिक स्थलको आवश्यक मर्मत सुधारका लागि पर्यटन मन्त्रालयले अन्तिम साता ठेक्का टेन्डर गर्ने निश्चित भएको छ ।

मक्तिनाथक्षेत्र बिकास समिति तथा पुरातत्व विभागले मुक्तिनाथको बृहत्तर बिकासका लागि ५ वर्ष अघि गुरुयोजना निर्माण गरेपनि कार्यान्वय हुन सकेको थिएन । मुलुकमा संघीयता लागु भएको तथा बेनी–जोमसोम र जोमसोम–कोरला सडकको कालोपत्रे तथा स्तरोन्नतिकार्य जारी रहदा पर्यटन विभाग र पुरातत्वले पुनः मुक्तिनाथ गुरुयोजना अघि सारेको छ । यसका लागि मन्त्रालय र विभागको एक टोलिले मुस्ताङमा प्रारम्भिक छलफल समेत संम्पन्न गरेको छ । यसक्रममा मुक्तिनाथ क्षेत्र बिकास समितिले तीर्थालु भक्तजनको सहजताका लागि ६ बुदे कार्ययोजना समेत पारित गरेको हो ।समितिको पहिलो निर्णयको बुदालाई समेटेर मन्त्रालय आफैले यस्तो पहल गरेको प्रजिअ पौडेलको भनाई छ ।

शि®ो गण्डकी प्रदेश संग जोडिएको बृहत्तर मुक्तिनाथ गुरुयोजना कार्यान्वयन हुन सकेमा यहाको धार्मिक पर्यटनमा श्रीबृद्धि हुने प्रदेश सभासद महेन्द्रबहादुर थकालीको भनाई छ । उनले मुक्तिनाथ बृहत्तर पुर्वाधार बिकासको खाका तैयार गर्दा यहाको धार्मिक तथा सास्कृतिक सम्वन्धलाई समेत जर्गेना गर्नुपर्ने सुझाए । मुक्तिनाथक्षेत्र बिकास समितिको आर्थिक सहयोग तथा सुधारका लागि संघीय सरकारले १ करोड तथा गण्डकी प्रदेशले ४० लाख बिनियोजन गरिसकेको छ ।

त्यस्तै मुक्तिनाथक्षेत्र बिकास समितिले भक्तजनबाट संङ्कलन गरेको आर्थिक सहयोगबाट अहिले ३ करोड १५ लाख बचत छ । मुक्तिनाथमा स्वदेशी तथा बिदेशी भक्तजनहरुले मन्दिर,गुम्बा र कुण्डमा स्वतस्फुर्त रुपमा चढाएको नगद जिन्सी गरगहना र सिक्का आदी मन्दिरका पुजारी र आनीको पोल्टोमा पर्ने गरेको छ । समितिले मन्दिरमा भक्तजनबाट चन्दा संङ्कलन गर्न कर्मचारी समेत खटाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 4 seconds