रञ्जन अधिकारी, पोखरा । बेगनासतालमा डुंगा डुब्दा मानवीय क्षति भएको छ । पछिल्लो अपडेट अनुसार दुई जनाको मृत्य भएको छ भने तीन जनालाई सकुशल उद्धार गरिएको छ । अझै तीन जना तालमै हराइरहेका छन् । स्थानीय अनुसार अर्का बालक पनि हराएका छन् । यद्यपी पुष्टि भइसकेको छैन ।
मध्यान्ह सवा १२ बजेतिर नौ-दश जना चढेको डुुंगा पल्टिएको स्थानीयको भनाई छ । प्रहरी समेत स्पष्ट भईसकेको छैन । इलाका प्रहरी कार्यालय डाँडाकोनाकका अनुसार हालसम्म दुई जनाको मृत्यु भएको हो । पोखरा २८ की ५५ वर्षीया कृष्णकुमारी बजगाईंको लेखनाथ सामुदायिक अस्पतालमा मृत्यु भएको छ । एक महिलालाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) पु¥याई नसक्दै मृत्यु भएको छ । अस्पतालबाट प्रहरी हवल्दार सुजन घिमिरेका अनुसार अन्दाजी ३५–४० वर्षकी ति महिलाको सनाखत भएको छैन । उनी तनहुँ भिमादकी जमुना गैह्रे भएको एक स्थानीयले बताए । प्रहरीले भने पुष्टि गरिसकेको छैन ।
उद्धार गरिएका पोखरा ३१, बेगनासगाउँ निवासी ५५ वर्षीय कमलराज कँडेल (गणेश) को अवस्था गम्भिर छ । सपना खनाल र निशा पौडेलको सकुशल उद्धार गरिएको छ । नवलपरासी गैडाकोटबाट तीज मान्न माइत आएकी सपनाका श्रीमान र दुई छोरा वेपत्ता छन् । उनीहरु शिव खनाल, रवि खनाल र शंकर खनाल हुन् । स्थानीयका अनुसार नवराज पौडेलका छोरा ८ वर्षीय प्राचिन पौडेल पनि वेपत्ता छन् । डुंगामा चार जना बच्चा रहेको प्रत्यक्षदर्शीको भनाई छ । प्रहरीले भने अहिलेसम्म ति बच्चाक बारे थाहा पाउन नसकिएको जनायो ।

डुंगाबाट एक बालक तालमा खसेपछि उनलाई बचाउने क्रममा अनियन्त्रित भएर डुंगा पल्टिएको प्रहरीले जनाएको छ । बेगनास वारीबाट पारीतर्फ कमलराज कँडेलको घरमा तीजको दर खान जाने क्रममा डुंगा लिब्दी टुँडा नजिकै दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार गोताखोरको टोली खटिएका छन् । सशस्त्र, प्रहरीहरु बाक्लो मात्रामा परिचालित भएका छन् । कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए । अहिले एसपी रानासहितको टोली उद्दारका लागि घटनास्थलमा खटिएको छ । एसपी रानाले गोताखोरको माध्यमबाट बेपत्ता रहेकाहरुको खोजी भइरहेको जानकारी दिए । ५ जना भारवहन क्षमता रहेको डुंगामा बालबालिका सहित नौदश जना चढेका थिए । उनीहरु लाइफ ज्याकेट विना नै डुंगा चढेको प्रहरीले जनाएको छ ।

तस्विरः सुवर्ण बराल
अपडेटका लागि हामीसँगै रहनुहोला ।
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह