रञ्जन अधिकारी, पोखरा । पोखराको बेगनासतालमा मध्यान्ह भएको डुंगा दुर्घटनामा वेपत्ताहरु अझै फेला परेका छ्रैनन् । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ, तीन जना घाईते छन् भने चार जना वेपत्ता छन् । बेगनास वारीबाट पारीतर्फ कमलराज कँडेल (गणेश)को घरमा तीजको दर खान जाने क्रममा डुंगा लिब्दी टुँडा नजिकै दुर्घटनामा परेको हो । तीज मनाउन माईत-मावली आएका चेली, ज्वाईं, भाञ्जाहरु दुर्घटनामा परेका छन् ।
दुर्घटनामा पोखरा २८ कालिकाकी ५१ वर्षीया कृष्णकुमारी कडेंल बजगाई र तनहुँ भिमाद ५ की ४२ वर्षीया जमुना कँडेल गैह्रेको मृत्यु भएको छ । कृष्णकुमारीलाई लेखनाथ लायन्स सामुदायिक अस्पतालमा उपचारको लागि पुर्याइएकोमा त्यहीं ज्यान गएको हो । जमुना कँडेललाई भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (क्षेत्रीय अस्पताल) लगिएकोमा त्यहाँ पुग्नु अगावै ज्यान गएको प्रहरीले जनाएको छ ।
नवलपरासी गैडाकोटकी २८ वर्षीया सपना खनाल र निशा पौडेललाई स्थानीयले उद्दार गरेका थिए । उनीहरु सकुशल छन् । तर, सपनाका श्रीमान् ३२ वर्षीय रवि खनाल, नाबालक छोराहरु शिव खनाल र शंकर खनालका साथै ५ वर्षीय बालक प्राचिन पौडेल वेपत्ता रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिएका छन् । रवि नेपाली सेनाको हेटौंडामा कार्यरत रहेको बुझिएको छ ।
https://www.facebook.com/gandaknews/videos/706768169675525/
घरमा पाहुना लैजाने क्रममा अर्को डुंगामा सवार पोखरा ३१ बेगनासगाउँ निवासी ५५ वर्षीय कमलराज कँडेल (गणेश) पनि बेहोस अवस्थामा उपचाररत छन् । डुंगाबाट खसेका बालकलाई बचाउने क्रममा अनियन्त्रित भएर डुंगा पल्टिएको प्रहरीले जनाएको छ । बालककी आमा अत्तालिदैं तालमा हामफाल्दा सन्तुलन विग्रिएर डुंगा पल्टिएको देखेपछि कमल डुंगामै बेहोस भई तालमा खसेका थिए। उनलाई पनि समयमै उद्दार गरिएको थियो ।
बेगनास तालको डुंगाघाटबाट घटनास्थल पुग्न डुंगामा झण्डै आधा घण्टा लाग्छ । उद्धार गर्ने कोहि नहुँदा छोराहरु समेत डुबेको पौडिएर बाँच्न सफल भएकी सपना खनालले बताएको स्थानीयले जनाएका छन् । ‘केही बेर दुबै छोरालाई समातेर बसेकी थिएँ, उद्धारमा कोही नआए पछि उनीहरु हातबाट फुस्के, म पौडेर बाँचे ।’ सपनाको भनाई उद्दृत गर्दै स्थानीयले बताए ।

घटनापछि नै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आफन्तहरु बेपत्ता खोज्न लागिपरेका थिए । प्रहरीका अनुसार साँझसम्मै गोताखोरको टोली खटिएका छन् । ५ जना भारवहन क्षमता रहेको डुंगामा उनीहरु लाइफ ज्याकेट विना नै डुंगा चढेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
http://gandaknews.com/begnas-dunga-dubyo/
सम्बन्धित खबर
जेन-जी आन्दोलनमा आगजनी, तोडफोड र लुटपाट गर्नेको खोजी तीव्र, सहयोगका लागि कास्की प्रहरीको अपिल
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
नागरिक समाजले पोखराबाट राष्ट्रपतिलाई पठायो पत्र- जेनजीको प्रभावकारी उपस्थितिका लागि सशर्त संसद पुनःस्थापना गर्नुपर्छ
जेनजी आन्दोलनमा ट्राफिक कार्यालयबाट मोटरसाइकल चोर्ने पक्राउ
दिर्घायु हस्पिटल पोखरामा लापरबाहीको आरोप: ‘एक ठाउँमा सानो घाउ, बेग्लै ठाउँमा शल्यक्रिया’
जेनजी आन्दोलनमा बाइक जलाइएपछि देउसीभैलो खेलेरै किने प्रहरीले
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट