रञ्जन अधिकारी, पोखरा । पोखराको बेगनासतालमा मध्यान्ह भएको डुंगा दुर्घटनामा वेपत्ताहरु अझै फेला परेका छ्रैनन् । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ, तीन जना घाईते छन् भने चार जना वेपत्ता छन् । बेगनास वारीबाट पारीतर्फ कमलराज कँडेल (गणेश)को घरमा तीजको दर खान जाने क्रममा डुंगा लिब्दी टुँडा नजिकै दुर्घटनामा परेको हो । तीज मनाउन माईत-मावली आएका चेली, ज्वाईं, भाञ्जाहरु दुर्घटनामा परेका छन् ।
दुर्घटनामा पोखरा २८ कालिकाकी ५१ वर्षीया कृष्णकुमारी कडेंल बजगाई र तनहुँ भिमाद ५ की ४२ वर्षीया जमुना कँडेल गैह्रेको मृत्यु भएको छ । कृष्णकुमारीलाई लेखनाथ लायन्स सामुदायिक अस्पतालमा उपचारको लागि पुर्याइएकोमा त्यहीं ज्यान गएको हो । जमुना कँडेललाई भने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (क्षेत्रीय अस्पताल) लगिएकोमा त्यहाँ पुग्नु अगावै ज्यान गएको प्रहरीले जनाएको छ ।
नवलपरासी गैडाकोटकी २८ वर्षीया सपना खनाल र निशा पौडेललाई स्थानीयले उद्दार गरेका थिए । उनीहरु सकुशल छन् । तर, सपनाका श्रीमान् ३२ वर्षीय रवि खनाल, नाबालक छोराहरु शिव खनाल र शंकर खनालका साथै ५ वर्षीय बालक प्राचिन पौडेल वेपत्ता रहेको कास्की प्रहरी प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिएका छन् । रवि नेपाली सेनाको हेटौंडामा कार्यरत रहेको बुझिएको छ ।
https://www.facebook.com/gandaknews/videos/706768169675525/
घरमा पाहुना लैजाने क्रममा अर्को डुंगामा सवार पोखरा ३१ बेगनासगाउँ निवासी ५५ वर्षीय कमलराज कँडेल (गणेश) पनि बेहोस अवस्थामा उपचाररत छन् । डुंगाबाट खसेका बालकलाई बचाउने क्रममा अनियन्त्रित भएर डुंगा पल्टिएको प्रहरीले जनाएको छ । बालककी आमा अत्तालिदैं तालमा हामफाल्दा सन्तुलन विग्रिएर डुंगा पल्टिएको देखेपछि कमल डुंगामै बेहोस भई तालमा खसेका थिए। उनलाई पनि समयमै उद्दार गरिएको थियो ।
बेगनास तालको डुंगाघाटबाट घटनास्थल पुग्न डुंगामा झण्डै आधा घण्टा लाग्छ । उद्धार गर्ने कोहि नहुँदा छोराहरु समेत डुबेको पौडिएर बाँच्न सफल भएकी सपना खनालले बताएको स्थानीयले जनाएका छन् । ‘केही बेर दुबै छोरालाई समातेर बसेकी थिएँ, उद्धारमा कोही नआए पछि उनीहरु हातबाट फुस्के, म पौडेर बाँचे ।’ सपनाको भनाई उद्दृत गर्दै स्थानीयले बताए ।

घटनापछि नै नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र आफन्तहरु बेपत्ता खोज्न लागिपरेका थिए । प्रहरीका अनुसार साँझसम्मै गोताखोरको टोली खटिएका छन् । ५ जना भारवहन क्षमता रहेको डुंगामा उनीहरु लाइफ ज्याकेट विना नै डुंगा चढेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार
http://gandaknews.com/begnas-dunga-dubyo/
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो