रञ्जन अधिकारी, पोखरा । बेगनास तालमा शनिबार मध्यान्ह डुंगा पल्टिँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ । वेपत्ता ६ जनाको शव आईतबार मध्यान्हसम्म तालबाट निकालिएको हो । दुई जनाको उद्धार लगत्तै ज्यान गएको थियो ।
डुंगा पल्टिएपछि वेपत्ता भएका नवलपरासी जिल्ला गैंडाकोटका ३२ वर्षीय रवि खनाल, उनका दुई छोराहरु ७ वर्षीय शंकर र ८ वर्षीय शिव, पोखरा बागलुङ बसपार्ककी १८ वर्षीया मनिषा बजगाईं, ५ वर्षीय रंजित गैह्रे र ५ वर्षीय प्राचीन पौडेलको शव आइतबार विहान साढे १० देखि १२ बजेसम्ममा तालबाट निकालिएको कास्कीका प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए ।
शनिबार नै तनहुँ भिमाद ५ की ३७ वर्षीया जमुना कँडेल गैह्रे र पोखरा २८ कालिकाकी ५१ वर्षीया कृष्णकुमारी बजगाईंको मृत्यु भएको थियो । उद्धारपछि उपचारार्थ अस्पताल पठाइएकोमा जमुनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुग्नु अगावै र कृष्णकुमारीको लायन्स सामुदायिक अस्पतालमा उपचार क्रममा मृत्यु भएको हो । रविका श्रीमती २८ वर्षीया सविना खनाल र प्राचिनकी आमा २२ वर्षीया निशा पौडेलको सकुशल उद्धार भएको थियो ।
घटना विवरण अनुसार तीज अवसरमा छोराछोरी लिएर माइत जाने क्रममा उनीहरु सवार डुंगा बेगनास तालको लिब्दीटुँडमा शनिबार दिउँसो दुर्घटनामा परेको हो । डुंगा रविले चलाएका थिए । कास्कीका प्रहरी प्रवक्ता गुरुङका अनुसार एउटै डुंगामा १० जना सवार थिए ।
मृतक जमुनाका माहिला बुवाका छोरा कमलराज कँडेल (गणेश) ले डुंगा चढाएपछि रवि एक्लै डुंगा लिएर गएका थिए । कमलराजले तीजमा चेलीबेटी भेटघाटका लागि घरमा निम्त्याएका थिए । तालबीचमा रविले खियाएको डुंगा डुबेको देखेपछि एक्लै गएका कमलराज बेहोस भएका थिए । उनको तत्काल उद्धार गरिएको थियो ।
बेगनास ताल लिब्दी टुडाँ नजिकै पुग्दा ५ वर्षिय प्राचीन पौडेल तालमा खसेपछि आमा निशा पौडेल छोरालाई बचाउन तालमै हाम्फालिन् । त्यसपछि डुंगा कोल्टियो र पानी पस्न थाल्यो । डुंगा अनियन्त्रित भएपछि डुंंगा पल्टियो ।
गुहार मागेको आवाज सुनेपछि नजिकै रहेका किशोरीहरु तत्काल पुगेका थिए । उनीहरुले १० मिनेट डुंगा खियाएर घटनास्थल पुग्दा डुंगा डुबिसकेको र दुई जना महिलाहरु मात्र पौडिरहेको देखेको दिलकुमारी जलारीले बताईन् । उनका अनुसार अर्की महिला पनि झण्डै डुबिसकेकी थिईन् । सपना र निशाका हात मात्र देखिरहेको बेला तत्काल उद्धार भएकाले उनीहरु बाँच्न सकेकी हुन् ।

बेगनास तालको डुंगाघाटबाट घटनास्थल पुग्न डुंगामा झण्डै आधा घण्टा लाग्छ । उद्धार गर्ने कोहि नहुँदा छोराहरु समेत डुबेको पौडिएर बाँच्न सफल भएकी सपना खनालले बताएको स्थानीयले जनाएका छन् । ‘केही बेर दुबै छोरालाई समातेर बसेकी थिएँ, उद्धारमा कोही नआए पछि उनीहरु हातबाट फुस्के, म पौडेर बाँचे ।’ सपनाको भनाई उद्दृत गर्दै स्थानीयले बताए ।
घटनापछि लगत्तै स्थानीय बासी, नेपाल प्रहरी, नेपाली सेना, जलारी समुदाय लगायत उद्धारमा जुटेका थिए । लगत्तै सशस्त्र प्रहरी बलको गोताखोर टोली उद्धारमा जुटेको थियो । शनिबार राति अबेरसम्म बेपत्ता नभेटिए पछि आइतबार बिहानबाट पुनः सुरु गरिएको थियो ।
प्रहरीका अनुसार डुंगा सवारहरुले सुरक्षाका लागि लाइफ ज्याकेट समेत लगाएको पाइएन । जसका कारण ठूलो मानवीय क्षति हुनगयो । थप उद्धारका लागि चितवन कुरिनटार स्थित सशस्त्रप्रहरीको तालिमप्राप्त गोताखोर टोली समेत आएको थियो ।
तस्विर सौजन्यः प्रदीप पौडेल, विजय नेपाल
https://www.facebook.com/gandaknews/videos/706768169675525/
https://www.facebook.com/shree.r.kandel/videos/2248904541803781/


सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा