पोखरा । पोखरा लेखनाथ महानगरपािलकाको नाम आधिकारीक रुपमा आजदेखि फेरिएको छ । नेपाल सरकारले राजपत्रमा प्रकाशन गरेसँगै अव महानगरको नामबाट लेखनाथ हटेर पोखरा मात्रै कायम भएको छ । यससँगै अब काम काज पोखरा महानगरपालिका नामबाटै हुनेछ ।
गत साउन २३ गते मन्त्रीपरिषद् बैठकले महानगरको निर्णय र प्रदेश सरकारको सिफारिस बमोजिम लेखनाथ शब्द हटाउने निर्णय गरेको थियो । गत असार १२ गते महानगरको तेश्रो नगरसभाले अब पोखरा महानगरपालिका मात्र रहने गरी लेखनाथ शब्द हटाउने निर्णय गरेको थियो । उपमहानगरपालिका रहँदा पनि पोखरा मात्र थियो । पछि, लेखनाथ नगरपालिका सहित आसपासका गाविस गाभेर पोखरा लेखनाथ महानगरपालिका नामाकरण गरियो । बहुमत वडाध्यक्ष र सदस्यहरुले नाम परिमार्जन गर्ने बिषयमा समर्थन जनाएका थिए ।

यस प्रस्तावमाथि ४० जना नगर सभासद्ले आफ्ना धारणा राखेका थिए । अधिकांशले कवि शिरोमणि लेखनाथ पौड्याललाई ससम्मान उनको नाम अन्य क्षेत्रमा जोड्न सकिने तर महानगरको नाम पोखरामात्रै हुनुपर्ने बताएका थिए । नामको बिषयमा पहिले देखि नै विरोध र विवाद आएकोले हटाउनका लागि प्रश्ताव गरिएको थियो ।
साविक लेखनाथ नगरबासीले भने लेखनाथ नगरपालिका रहँदा एक अर्ब बजेट आउनेमा अहिले महानगरमा मिसिएपछि त्यस क्षेत्रमा २० करोड मात्र आएको भन्दै सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् । विकास पनि नहुने, लेखनाथ नाम पनि हटाउने भएपछि नगरपालिका नै हुनुपर्ने केहिको माग छ । तर, सर्वसम्मत रुपमा नाम हटाई ग्रेटर पोखराको अवधारणामा अघि बढेको महानगरपालिकाले जनाएको छ ।
सम्बन्धित खबर
कास्कीका ६ मध्ये ३ क्याम्पसमा स्ववियु चुनाव सम्पन्न, ३ क्याम्पसमा अनिश्चित
अखिल (क्रान्तिकारी) गण्डकीले ५ जनालाई गर्यो साधारण सदस्यसमेत नरहने गरी कारवाही
वन क्याम्पस पोखरामा एमाले र माओवादी निकट विद्यार्थीको संयुक्त प्यानल विजयी
पोखरा नर्सिङ क्याम्पसमा प्रतिभा नेतृत्वको अनेरास्ववियुको प्यानल नै विजयी
स्ववियु निर्वाचन गराउन नसक्ने पिएनको निर्वाचन समितिको राजीनामा माग
पोखरा बेलुन विस्फोट घटनाः छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन
यो पनि पढौँ
पिएनको स्ववियु अध्यक्षमा संयुक्त प्यानलबाट सन्तोष उम्मेदवार, को हुन् सन्तोष पौडेल ?
गौदानको नाममा क्रूर ढङ्गले कर्णालीमा बगाइएको गाई घरमै फर्कियो
धवलागिरी क्याम्पसमा सुवेदीको उम्मेदवारी निस्क्रिय, नेवि संघकी सृष्टिलाई साथ
पोखराको सिर्जना बहिरा माविमा दुई छात्रालाई गर्भवती बनाएको आरोपमा दुई छात्र पक्राउ