पोखरा । पोखरा उद्योग बाणिज्य संघको ३२ औं महाधिवेशनबाट नयाँ नेतृत्वका लागि काँग्रेस निकट प्यानलले मनोनयन दर्ता गराएको छ । अध्यक्षका उम्मेदवार रवीन्द्रबहादुर प्रजु सहितको प्यानलले उद्योग बाणिज्य संघमा पुगेर मनोनयन दर्ता गराएको हो ।
मनोनयन अघि चिप्लेढुंगाबाट ¥यालि सहित निस्किएको टोलि महेन्द्रपुल पालिखेचोक हुँदै उद्योगबाणिज्य संघको कार्यालयमा पुगेको थियो । प्रजु प्यानलबाट बरिष्ठ उपाध्यक्षमा नारायण कोइराला, उद्योग उपाध्यक्षमा विन्दु कोइराला सुवेदी, बाणिज्य उपाध्यक्षमा पवनकुमार प्रजापति, महासचिवमा अर्जुन पोख्रेल, कोषाध्यक्षमा सुरेन्द्रमान विजुक्छे र उपमहासचिवमा चिनु गुरुङले उम्मेदवारी दिईन् ।
सदस्यहरुमा खुला तर्फ बलराम आचार्य, केशवबहादुर खत्री, दिनेशचन्द बाँस्तोला, कुमारी मुना बाँस्तोला, कीर्तिबल्लभ त्रिपाठी, बुद्धिबहादुर गहतराज, ऋषिराम भण्डारी, रामप्रसाद गौतम, शोभा गौतम र रामेश्वर अधिकारी छन् । यस्तै, बस्तुगततर्फ राजेश गुप्ता, शिवराज बास्तोला, रञ्जन बुद्धाचार्य हरिराज पन्तको उम्मेदवारी परेको छ ।
उम्मेदवारी दर्तापछि प्रजुले ब्यवसायीको हक र हितका लागि आफ्नो प्यानललाई मतदान गर्न आग्रह गरे । उनले पोखरा उद्योग बाणिज्य संघको गरिमा र इतिहासलाई जीवित राख्नका लागि पनि आफ्नो प्यानलको विकल्प नभएको दावी गरे ।
महासचिवका उम्मेदवार अर्जुन पोख्रेलले ब्यवसायीहरु आफ्नो पक्षमा रहेकोले बिजयी हुने बताएका छन् । कर्पोरेट तर्फका सादस्यहरु चाहीँ स्वतन्त्र रुपमा चुनाव लड्नेछन् ।
सम्बन्धित खबर
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
एफडी मोटर्सको शोरुम पोखरा नयाँबजारमा, १५ दिनका लागि अफरै अफर
तमु सांस्कृतिक प्रतिष्ठानको वार्षिकोत्सवमा स्रष्टा सम्मान एवं विद्यार्थी पुरस्कार वितरण हुने
गुरूङ चलचित्रकी नायिका माया गुरूङद्वारा सहाराका बालकहरुलाई जर्सी सहयोग
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति
पोखरामा कोटीहोम सञ्चालनका लागि अनुमति दिइएको छैन : पोखरा महानगरपालिका
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति