पोखरा । दुई साता अघि घरबाट हराएको भन्दै कास्की प्रहरीमा निवेदन परेको थियो । तर, सोमबार लभ जोडीहरुको डेटिङ स्पट भनेर चिनिने लभ्लीहिल नजिकै रुखमा मृत अवस्थामा उनीहरु भेटिए । एउटै डोरी पासो लगाएर झुण्डिएको अवस्थामा ।
उनीहरु बाँझापाटनकी शशी नेपाली र स्याङजा पुतलीबजार–९ का मनबहादुर भण्डारी रहेको कास्की प्रहरीले जनाएको छ । उनीहरु ११ गतेदेखि परिवारको सम्पर्कबाट टाढा रहेका थिए । शशी १५ वर्षकी र भण्डारी २२ वर्षका थिए। मनबहादुर पहिले नै विवाहित थिए। उनले १५ वर्षकी शशी नेपालीलाई लिएर हिँडेपछि शशिका आफन्तले कास्की प्रहरीमा निवेदन दिएका थिए ।
पछिल्लो समय परिवारसँग सम्पर्क हुँदा ‘हामीलाई एक अर्कासँग सँगै बाँच्न दिने र नछुटाउने भए आउँछौ नत्र आउँदैनौ’ भनेर आफन्तलाई भनेका थिए। तर घरमा पहिले नै श्रीमती भएको र युवतीको उमेर १५ वर्ष मात्रै भएकाले परिवारले उनीहरुको सम्बन्धलाई स्वीकार्ने अवस्था नदेखिएकाले उनीहरुले आत्महत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रविन्द्र गुरुङले बताए।
लभ्ली डाँडाको रुखमा झुण्डिएको जोडी शव सडेको अबस्थामा भेटिएकाले साताअघि नै उनीहरुको मृत्यु भएको हुनसक्ने गुरुङले बताए। भण्डारीको शवसँगै भेटिएको नागरिकताका आधारमा उनीहरुको पहिचान खुलेको हो। दुवै शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। थप अनुसन्धानपछि घटनाको रहस्य खुल्ने प्रवक्ता गुरुङले बताए।
पत्रकार जमुना वर्षा शर्माको सहयोगमा
सम्बन्धित खबर
एसइई दिएका विद्यार्थीलाई डिजिटल प्रविधिको तालिम
नेपाल सुनचाँदी रत्न तथा आभुषण व्यवसायी संघ कास्कीको ११ औं वार्षिक साधारण सभा सम्पन्न
पोखरा–२८ मा कृषि गीत प्रतियोगिताः मातृशिशु कृषि समूह प्रथम
फोटो पत्रकारिता दिवसमा महाप्रभुधाम फोटो यात्रा
मैत्रीपूर्ण भलिबलमा टिम युनिटी र जिएण्डजी विजयी
भाटखोलामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता सुरु
यो पनि पढौँ
पोखरामा रेस्टुरेन्टमा खाएर डिएसपी हूँ भन्दै पैसा नतिर्ने बाग्लुङका पौडेल पक्राउ
कश्मीरमा मारिएका नेपालीको पहिचान खुल्यो, बुटवलका २७ वर्षीय सुदीप न्यौपाने
पोखराको फिर्के पुल निर्माण ठेक्का तोड्यो सडक विभागले
भीमाद नगरपालिकाका प्रथम मेयर थापाको निधन