पोखरा । दुई साता अघि घरबाट हराएको भन्दै कास्की प्रहरीमा निवेदन परेको थियो । तर, सोमबार लभ जोडीहरुको डेटिङ स्पट भनेर चिनिने लभ्लीहिल नजिकै रुखमा मृत अवस्थामा उनीहरु भेटिए । एउटै डोरी पासो लगाएर झुण्डिएको अवस्थामा ।
उनीहरु बाँझापाटनकी शशी नेपाली र स्याङजा पुतलीबजार–९ का मनबहादुर भण्डारी रहेको कास्की प्रहरीले जनाएको छ । उनीहरु ११ गतेदेखि परिवारको सम्पर्कबाट टाढा रहेका थिए । शशी १५ वर्षकी र भण्डारी २२ वर्षका थिए। मनबहादुर पहिले नै विवाहित थिए। उनले १५ वर्षकी शशी नेपालीलाई लिएर हिँडेपछि शशिका आफन्तले कास्की प्रहरीमा निवेदन दिएका थिए ।
पछिल्लो समय परिवारसँग सम्पर्क हुँदा ‘हामीलाई एक अर्कासँग सँगै बाँच्न दिने र नछुटाउने भए आउँछौ नत्र आउँदैनौ’ भनेर आफन्तलाई भनेका थिए। तर घरमा पहिले नै श्रीमती भएको र युवतीको उमेर १५ वर्ष मात्रै भएकाले परिवारले उनीहरुको सम्बन्धलाई स्वीकार्ने अवस्था नदेखिएकाले उनीहरुले आत्महत्या गरेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रविन्द्र गुरुङले बताए।
लभ्ली डाँडाको रुखमा झुण्डिएको जोडी शव सडेको अबस्थामा भेटिएकाले साताअघि नै उनीहरुको मृत्यु भएको हुनसक्ने गुरुङले बताए। भण्डारीको शवसँगै भेटिएको नागरिकताका आधारमा उनीहरुको पहिचान खुलेको हो। दुवै शव पोष्टमार्टमका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ। थप अनुसन्धानपछि घटनाको रहस्य खुल्ने प्रवक्ता गुरुङले बताए।
पत्रकार जमुना वर्षा शर्माको सहयोगमा
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो