रञ्जन अधिकारी, पोखरा । अस्पतालले बिरामी बचाउने प्रयास गर्दा गर्दै कतिपयको ज्यान जान्छ । यो अलग कुरा हो । तर, अस्पतालकै लापरबाहीका कारण बिरामीको ज्यान गयो भने त्यो अक्षम्य कुरा हो । अस्पतालको धर्म र चिकित्सकका कर्ममा यो पर्दैन । प्रयास गर्दा गर्दै प्राविधिक कारणले नसक्नु बेग्लै कुरा ।
पोखरामा एक पछि अर्को घटनाले सानो समस्या भएपनि पोखराको अस्पताल छाडेर ‘काठमाण्डौ नै जानु बेस’ भन्ने अवस्था सिर्जना भइसकेको छ । गत साउन दोस्रो साता सिटि स्क्यान र एमआरआइका कारण दुर्घटनाका घाईते पोखरा घुमेको घुम्यै भए ।
अहिले आइसियुको बेड छैन भन्दै सात घण्टासम्म हर्टअट्याक लक्षण देखिएका बिरामी पोखराका अस्पताल घुम्नु प¥यो । एम्बुलेन्स ३ पटक बोलाउनुपरेको छ भने केही सीप नलागेर ७ घण्टा पछि काठमाण्डौ कुदाउनुप¥यो ।
छिमेकी आफन्त फोटो पत्रकार मनि सरब्जा तमुका अनुसार पोखरा ५ मालेपाटन निवासी बसन्त थापा मगरलाई मंगलबार राति १ बजे अचानक हृदयघात भयो । तुरुन्त ट्याक्सी बोलाइयो । ४२ वर्षीय उनको तौल ११० किलो छ । ट्याक्सीमा उनी अटेनन् । सिद्धार्थ क्लबको एम्बुलेन्स बोलाइयो । त्यसपछि गण्डकी मेडिकल कलेज दगुराइयो । त्यहाँ सुरुमै सिटी स्क्यान गर्ने भने तर सिटी स्क्यान गर्ने स्टाफ नै आइदिएनन् । त्यहाँ आइसियू बेड छैन भनेपछि मनिपाल अस्पताल लगियो ।
मनिपालमा सिटि स्क्यान बिग्रिएको भनेपछि पुनः एम्बुलेन्स बोलाएर गैह्रापाटन स्थित फिस्टेल हस्पिटल पु¥याइयो । सुरुमा सिटी स्क्यान गर्न मानेन । मनिपालबाट रेफर भनेपछि बल्ल फिस्टेलमा सिटि स्क्यान भयो । तर बेड छैन, राख्न सक्दैनौं भने । पोखराको फेवासिटी लगायतका अस्पतालमा बुझ्ने काम भयो तर सबैले बेड छैन भने ।

राति २ बजेदेखि यसरी दगुरादगुर गर्दा समेत यहाँ सेवा दिन्छौं भनेर खुलेका अस्पतालको कारण पोखरामा राख्न सक्ने अवस्था भएन । विन्दवासिनीको एम्बुलेन्समा १२ हजार खर्चेर काठमाण्डौ लगियो ।

छिमेकी तमुका अनुसार अहिले थापामगरको न्यूरो हस्पिटलमा उपचार भइरहेको छ । निकै मोटो भएका कारण मधुमेह र उच्च रक्तचाप सम्बन्धी समस्या पहिल्यैदेखि रहेको आफन्तले जनाएका छन् । मंगलबार राति पनि एक्कासी मुटु दुखेको भन्दै आत्तिएपछि अस्पताल दगुराइएको थियो । पछि मस्तिष्कसम्म असर पुगेको सिटी स्क्यानले देखाएको तमुले बताए ।

यसअघि, साउन दोस्रो साता अस्पतालमा सामान्य प्राविधिक मेसिनहरु नहुँदा एउटा बिरामी ४ वटा अस्पताल फेर्न बाध्य भए । काठमाण्डौंबाट स्याङजा वालिङका लागि छुटेको बस त्रिशुलीमा खसेपछि घाईते भएका स्याङजाका एन्फा पूर्व अध्यक्ष तथा एन्फाका केन्द्रिय सदस्य लालबहादुर ज्वारचन उपचारका लागि पोखरा ल्याईयो ।

बस त्रिशुलीमा खसेपछि घाईते ज्वारचन
सुरुमा नयाँबजार स्थित गण्डकी मेडिकल कलेजमा पु¥याईयो, कम्प्युटरले काम नगरेको प्रतिक्रिया दिएपछि उनलाई मनिपाल पु¥याईयो । मनिपालमा पनि सिटी स्क्यान गर्ने मेसिनले काम नगरेको भनेपछि फिस्टेल अस्पताल लगियो । सिटी स्क्यान भएपनि एमआरआई गर्ने मेसिन नभएपछि एमआरआईका लागि पोखरा एमआरआई एण्ड डाईगोनोस्टिक सेन्टर लगिएको अग्रज फोटो पत्रकार सुदर्शन रञ्जितले बताए ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनिसक्यो । यति ठूलो शहरमा यति धेरै अस्पतालहरु छन् । तर पूर्ण प्रविधि कुनैमा पनि देखिएन । आइसियू बेड छैन भन्ने प्रतिक्रिया दिने अस्पतालहरु हर्ट अट्याक जस्तो आकस्मिक उपचार गर्नुपर्ने बिरामी पहिचान गर्न सक्दैन । यहाँका सरकार, सरोकारवाला अस्पताल सबैले यसतर्फ ध्यान दिन जरुरी देखिएको छ । पोखराका हस्पिटलमा साँच्चै आइसियू बेड भरिएको कि ? हर्ट अट्याक जस्तो गम्भिर प्रकृतिका बिरामी उपचार गर्न अस्पताल हच्किएको ? यसतर्फ समेत सोच्नुपर्ने छ ।

(अद्यावधिक गरिएको)
सम्बन्धित खबर
मादी गाउँपालिकामा सोँथर बेँसी टारी बजार मेला सुरु, गोरु जुधाइँ प्रतियोगितामा पदमबहादुरको गोरु प्रथम
कोटिहोम आयोजनामा अवरोध नगर्न पोखरा महानगरलाई उच्च अदालतको आदेश
अदालतबाट दोषी ठहर भई फरार १५३ जना कास्कीबाट पक्राउ
नेकपा (माओवादी केन्द्र) बागलुङ–पोखरा समन्वय समिति अध्यक्षमा कुलचन्द्र सर्वसम्मत
पोखरामा प्रदेश स्तरीय लोक दोहोरी प्रतियोगिता हुँदै
पोखराको मुस्ताङचोकमा आफ्नै भवनबाट नमस्ते हस्पिटलको सेवा सुरु
यो पनि पढौँ
लेकसाइडमा मध्यराति मोटरसाइकल दुर्घटनाः पोखराका दुई युवकको मृत्यु
स्कुल बस दुर्घटना हुँदा आठ वर्षीय बालक र चालकको मृत्यु, ३९ जना घाइते
स्याङ्जामा पहिलो नेपाली नागरिकताको पुनः प्राप्ति
पोखरामा कोटीहोम नगरी कुनै पनि हालतमा फर्किन्नः धर्मगुरु कृष्णमूर्ति