पोखरा । पोखरा महानगरपालिका वडा नं. ३१, नहरचोक लेखनाथकी ७० वर्षीया बृद्धा बलात्कृत भएको भन्दै आफन्तले प्रहरीकहाँ उजुरी दिएका छन् ।
बृद्धाका परिवारले छिमेकी ४५ वर्षीय रेवतीरमण पाण्डे विरुद्ध किटानी जाहेरी नै दिएका हुन् । राम्रोसँग आँखासमेत देख्न नसक्ने वृद्धालाई पाण्डेले बलात्कार गरेको पीडितको आरोप छ । तर, पाण्डे परिवार भने स्विकार्न तयार छैन । उनीहरुले फसाउन खोजेको बताउँछन् ।
रक्सीले मातेका पाण्डेले बुधबार दिउँसो १ः४५ बजे बलात्कार गरेको बृद्धा परिवारको भनाई छ ।
पीडित पक्षका अनुसार यस्तो छ घटनाक्रमः
तीज मान्न पाण्डेका श्रीमती माइत गएकी थिईन् । एउटै घरको फरक कोठामा बस्ने पाण्डेले वृद्धाको छोरा सामान किन्न बेगनासताल चोक गए । श्रीमती माइत गएका बेला पाण्डेले बृद्धालाई घरकै कोठामा थुनेर जबरजस्ती गर्न थाले ।
स्थानीय एक युवकले वृद्धाकी छोरालाई खबर गरे । उनको छोरा आउन्जेलसम्म पाण्डे र वृद्धा कोठाभित्रै थिए । भित्रबाट चुकुल लगाइएको थियो । ति वृद्धाको छोरोले ढोका खोलेर पाण्डेलाई कुट्न थालेपछि पाण्डे उम्केर साइकल लिएर भागे । त्यसपछि पाण्डे विरुद्ध प्रहरीमा जाहेरी दिइयो ।
राम्रोसँग बोल्न पनि नसक्ने र आँखा पनि नदेख्ने बृद्धाले बुढ्यौली लवजमा बलात्कार बलात्कार भयो मात्र भनेको तर बलात्कारको प्रयास मात्र भएको हो वा बलात्कार नै भएको हो भन्ने खुल्न नसकेको कास्की प्रहरीको भनाई छ ।
पाण्डेलाई प्रहरीले अझै सम्म पनि नियन्त्रणमा लिन सकेको छैन । उनको खोजी गरिरहे पनि पक्राउ गर्न सकिएको छैन ।
अनावश्यक आरोप हो, हामी आफै उपस्थित गराउँँछौंः पाण्डे आफन्त
पाण्डेका आफन्तले भने बलात्कारको अनावश्यक आरोप मात्र लगाइएको जिकिर गरेको छ । उनीहरुले पाण्डेलाई उपस्थित गराउने बताएको प्रहरी स्रोत बताउँछ ।
प्रहरीले बलात्कार भए नभएको बुझ्न पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा वृद्धाको स्वास्थ्य परीक्षण गराएको छ । त्यसको रिपोर्ट आइनसकेको प्रहरीले बताएको छ ।
(प्रतिकात्मक तस्विर गुगलबाट लिइएको)
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए