पोखरा । पोखरा १७ रातो पहिरोमा २५ बर्षीया युवती मृत फेला परेकी छिन् । पोखरा महानगरपालिका २४ पामे घर भई पोखरा – ६ जरेवरमा डेरा गरी बस्दै आएकी माया बोधी लामा मृत अवस्थामा फेला परेको प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।
गत २५ गतेदेखि बेपत्ता भएकी लामा रातो पहिराको कुलोमा विहीबार मृत भेटिएकी हुन् । एक स्थानीयका अनुसार उनी हल्लनचोक स्थित पोखरा भिलेजमा आयोजना गरिएको पार्टीबाट साँझ साढे ७ बजे निस्किएकी थिईन् । लामा हेल्पिङ ह्याण्ड स्पामा काम गर्ने गरेको ति स्थानीयको भनाई छ ।
घटनाको बारेमा अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।
पर्वतमा शव फेला
कुश्मा नगरपालिका १ शहस्रधारा नजिकै कालिगण्डकी नदीको किनारमा हालसम्म नाम, थर, वतन नखुलेको अन्दाजी ४० वर्षीया महिलाको शव फेला परेको छ ।
महिलाको शव रहेको भन्ने खबर प्राप्त हुनासाथ तत्कालै प्रहरी टोली खटिई गई घटनाका विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
नागढुंगा ओरालोमा मोटरसाईकलले ठक्कर दिँदा एक घाईते
पोखरा ८ नागढुंगाको ओरालोमा मोटरसाईकलले ठक्कर दिँदा १ जना घाईते भएका छन् । नम्बर नखुलेको मोटरसाईकलको ठक्करबाट पैदलयात्रा गरिरहेका १८ बर्षिय लक्ष्मण श्रेष्ठलाइ ठक्कर दिएको हो ।
उनको गण्डकी मेडिकल कलेजमा उपचार भैरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने मोटरसाईकलको खोजी भइरहेको छ ।
स्याङ्जामा सवारी दुर्घटनामा ५ जना घाईते
स्याङ्जा पुतलीबजार नगरपालिका ७ काफलबुटा भन्ने स्थानमा बेसिगाउँबाट तनहुँको दुलेगौडातर्फ जाँदै गरेको ग१ज ५०५२ नं. को जिप सडकबाट अन्दाजी १० मिटर तल खस्न जाँदा जिपमा सवार चालक सहित ६ जना मध्ये ५ जना घाइते भएका छन् ।
घाईते हुनेहरुमा पुतलिबजार नगरपालिका ७ कि १२ वर्षीया रितु के.सि., चन्द्र कु.गुरुङ, कविता गुरुङ, वर्ष ४३ को हुम ब. गुरुङ र ३८ वर्षीया रुपा गुरुङ रहेका छन् । घाईते भएका सबै जनाको जिल्ला अस्पताल स्याङ्जामा उपचार भइरहेको छ ।
सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो