लेखनाथ । पोखरा ३० लेखनाथ, मोहरियामा अवस्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालमा तोडफोड र चोरी भएको छ । मोहरिया, देउराली खोला बस्ने ३७ वर्षीय बाबुराज घले र २५ वर्षीय सुरज थापा लगायतका युवाले केही औषधी मागेको र नदिँदा तोडफोड गरेको त्यहाँ कार्यरत डा. विशाल सापकोटाले जानकारी दिए ।
डा. सापकोटाका अनुसार नारकोटिक औषधी मागेको र बिना जाँच औषधी दिन नमिल्ने बताएपछि धम्काएको उनले बताए । ३ जनाको समुहमा आएका उनीहरुले केही औषधी चोरी लगेको र अस्पतालको टिभी समेत तोडफोड गरेका छन् । उनीहरुले नशालु पद्धार्थका रुपमा औषधि सेवन गर्ने गरेको बुझिएको छ । एक जना फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
यससँगै अस्पतालमा उचित सुरक्षाको व्यवस्था गर्न सामुदायिक अस्पतालमा कार्यरत डा. नविन रेग्मी लगाएत अन्य कर्मचारीले माग गरेका छन् । उनीहरुलाई प्रहरीले पक्राउ गरी आवश्यक कारबाही अगाडि बढाएको इलाका प्रहरी कार्यलय डाँडाको नाकले बताएको छ ।
तस्विरः सन्दिप पौडेल
सम्बन्धित खबर
एमाले कास्कीले शुभकामना आदानप्रदान तथा चियापान गर्ने
रास्वपाको आज पनि पोखरामा विरोध प्रर्दशन
‘सडकमा भीड उतारेर अनुसन्धान प्रभावित पार्ने काम स्वीकार्य हुँदैन’ – नागरिक समाज पोखरा
छविलाई बुटवल लगियो, रविसँग सोधपुछ सुरू
रास्वपाको प्रदर्शनमा आफू आफैबीच कुटाकुट
ल्वाङमा बन्यो १९ फिट अग्लो बुद्ध मूर्ति
यो पनि पढौँ
पोखराको हेम्जामा यात्रु चढाइरहेको बसलाई टिप्परले ठक्कर दियो
छोरा जन्मिएको ४८ घण्टा नबित्दै शिशुसँगै अस्ताए परिवारका ४ जना
आजदेखि लाइसेन्स बोक्न नपर्ने, मोबाइलबाट ट्राफिकले कारबाही गर्न सक्ने
पर्यटन व्यवसायी मिश्रको डेंगु संक्रमणबाट निधन