मध्यरातमा युवालाई श्रीमतीबाट छुटाएर कुटपिट, कवाडी संकलन गर्ने कुमारलाई १२ जनाले कुटे

मध्यरातमा युवालाई श्रीमतीबाट छुटाएर कुटपिट, कवाडी संकलन गर्ने कुमारलाई १२ जनाले कुटे

Rambabu-kumar

बागलुङ  । भारतका एक नागरिकलाई गलकोट चरौदीका युवाहरुले सामुहिक कुटपिट गरेका छन ।

शुक्रबार राति करिब पौने १० बजे काठेखोला गाउँपालिकाको बिहुँमा आयोजना गरिएको भलिबल प्रतियोगितामा सहभागी भएर गलकोट फर्कदै गरेका गलकोट नगरपालिका–६ का १२ जना युवाहरुको समुहले भारतको मोतिहारी घर भई हाल गलकोटको हटियामा बस्दै आएका राम बाबु कुमारलाई निर्धात कुटपिट गरेका हुन् ।

श्रीमतिसँगै सुतिरहेका कुमारलाई एक्कासी सन्तको दाई हुम भनि ढोका खोल्न लगाई मुख रुमालले छोपिदिएर पिकअप गाडिमा राखि गलकोट नगरपालिका वाड–११ रिघाको जंगलमा लगि निर्धात कुटपिट गरि फालिदिएको पिडितले वताए ।

२ ओटा पिकअप गाडिमा आएको टोलिले कुमारलाई अपहरणको शैलिमा लगेर निर्धात कुटपिट गरेको ईलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख मन बहादुर बिकले बताए । अपहरण गरेर लगतै वरपर रहेका काम गर्ने व्यक्तिहरुले अज्ञात समुहले जवरजस्ति कुमारलाई प्रक्राउ गरेको जानकारी गराए लगतै प्रहरी र स्थानीयले खोजी गरे गरेका थिए ।

खोज्दै गर्दा अपहरण परेको करिब २/३ घण्टापछि गलकोट नगरपालिका-५ भैसेको मोटरएवल पुलमा तलदेखि पिक अप गाडिमा गलकोट चरौदीका युवाहरु आउदै गरेका थिए । त्यसमध्ये एक जना पार्वति माद्यामिक विद्यालयका शिक्षक गजेन्द्र नेपाली गाडिबाट ओर्लिएर भाग्दै गर्दा प्रहरीले मोटरएवल पुल नजिकबाट प्रक्राउ गरेको थियो ।

त्यसपछि उक्त पिकअप गाडिमा सवार चरौदीका तेजिन्द्र नेपाली, गोविन्द नेपालिलाई हटियाको गणतन्त्र चोक वरपरबाट लुकिरहेको अवस्थामा प्रक्राउ गरिएको हटिया प्रहरी चौकिका प्रमुख टेक बहादुुर थाडाले जानकारी दिए ।

त्यस्तै ध १ ज ५५० नम्बरको पिकअप जिपका चालक चरौदीका प्रेम दमाईलाई भने हटियाको ब्रहमकुमारी ईश्वरीय विश्वविद्यालयबाट बोहोराफाँट जाँदै गर्दा प्रक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रक्राउ परेकाहरुलाई सोधपुछ गर्दा आफुहरुले कुमारलाई रिघाको जंगलमा लगेर कुटपिट गरेको भन्ने जानकारी गराए पछि प्रहरी र स्थानीयको टोलि घटनास्थलमा पुगेको थियो । खोज्दै जादाँ करिब रातको २ बजे कुमार जंगलमा फेला परेका थिए । कुमारले आफु सुतिरहेको अवस्थामा सन्त दाई हुम भनि ढोका खोल्न लगाएको र ढोका खोलिसके पछि रुपक दाईले बोलाउनु भएको छ भनि जवजस्ति रुमालले मुख थुनी जंगलमा लगि सामुहिक रुपमा कुटपिट गरेको बताए ।

कुमारको सबैभन्दा बढि अनुहारमा चोट लागेको छ । शरिरका प्रत्येक अंग अंगमा निर्धात रुपमा हात र खुट्टाले पालैपाले कुटेको उनको भनाई छ । अपहरण गरि कुटपिट गर्ने १२ जनामध्ये ४ जना प्रक्राउ परे पनि अर्को पिकअप गाडि सँगै चरौदीकै रुपक पाण्डे, राजकुमार नेपाली र अन्य व्यक्तिहरु फरार भएको प्रहरीले जनाएको छ । एउटा पिकअप गाडी समातिए पनि अर्को पिकअप गाडि र फरार व्यक्तिहरुको खोजि कार्य तिब्र पारिएको छ ।

प्रक्राउ परेकालाई शनिबार नै जिल्ला चलान गरिने ईलाका प्रहरी कार्यालय हरिचौरले जनाएको छ । उनिहरुलाई प्रक्राउ गरे लगतै ईलाका प्रहरी कार्यालयमा राखिएको छ । पीडित कुमारको भने हटिया स्थित आरोग्य अस्पतालमा उपचार भैरहेको र उनको अवस्था सामान्य रहेको डाक्टर टंक चालिसेले बताए । सामुहिक रुपमा लामो समयसम्म कुटपिट गरेका कारण भित्र चोट देखिन सक्ने भन्दै सिटि स्क्यानका लागी पोखरा पठाईने चालिसेको भनाई छ । पीडित कुमारले गलकोटमा कवाडि संकलन गरि विक्रि बितरण गर्दै आइरहेका थिए ।

  • बाग्लुङबाट प्रकाशन हुने जनमञ्च डटकमबाट साभार

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ