अनाधिकृत रुपमा संचालन भइरहेका ब्लगहरु र केहि फेसबुक पेजहरुले असोज २ गते मंगलबार नेपाल बन्द रहेको गलत हल्ला फैलाइरहेको बेला विप्लव नेतृत्वले भने बन्द घोषणा नगरेको जनाएको छ ।
उसो त, माओवादी पूर्व जनमुक्ति सेना नेपाल पार्टीको नाममा फैलिएको विज्ञप्ती पनि आधिकारीक पुष्टि हुन सकेको छैन, । निकै ठूला र भद्धा अक्षरमा फेक देखिने गरी अशुद्ध वाक्यहरुमा बन्द सम्बन्धी विज्ञप्ती भाइरल बनाएर बन्द हल्ला व्यापक भइरहेको छ । यद्यपी, विज्ञप्तीमा प्रकाण्डको रिहाइ लगायत नेकपाकै जस्तो गरी केहि विषय समेटिएका छन् ।
बिप्लव नेतृत्वको नेकपाका एक जना नेताले भने असोज २ गते मंगलबार आफूहरुका बन्दका कुनै पनि कार्यक्रम नरहेको प्रष्ट पारेका छन् । बन्दका कारण अन्योलमा परेका बेला ति नेताले भने आफूहरुको बन्दको कार्यक्रम नभएको बताए ।
उनले आफ्ना पार्टीका नेता प्रकाण्डमाथि यस्तो गतिविधि जारी रहे अब चुप लागेर बस्ने स्थिति नभएको चेतावनी समेत दिँदै सम्झाइरहन जरुरी नभएको बताए । साथै, आफूहरुमाथि धरपकड जारी रहे धैर्यताको बाँध टुट्ने उल्लेख गरे ।
सम्बन्धित खबर
द्वितीय युद्धकालीन उपन्यास ‘खोजीमा’ पोखरा आइपुग्यो
पोखरामा धुवाँको कालो मुस्लो फ्याँक्ने ११ गाडी नियन्त्रण
गण्डकीका मुख्यमन्त्री अधिकारीको २३ गते विश्वासको मत लिने तयारी
सूर्य दर्शन सहकारीका दुई जनालाई थुनामै राख्ने आदेश सदर
पोखराको बिजुली पसल गोदाममा आगलागी हुँदा ८० लाख बढीको क्षति
पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीमाथि हतियार प्रहार गर्ने स्याङ्जाका सोम प्रकाउ
यो पनि पढौँ
स्याङ्जामा विवाहकै दिन बेहुलाबेहुली पक्राउ
जनकपुरको होटलमा बेहोस भेटिएकी पोखराकी युवतीको मृत्यु, सँगै बसेका २ युवक फरार
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
बालकुमारीमा मारिएकाका परिवारलाई कोरियाबाट आर्थिक सहयोग