श्यामशितल परियार, लमजुङ । लमजुङको बाढिपहिरोमा परी बेपत्ता भएका ३ जनामध्ये एक जनाको शव फेला परेको छ । बेसीशहर–चामे सडकखण्डको अर्खलेबेसीको पहिरोमा परी गएको बुधबारदेखी बेपत्ता भएका मस्र्याङ्दी गाउँपालिका–४, नासकुचेका ५९ वर्षे राजु लामा भनिने तुल्सीप्रसाद तामाङको भोटेओडारस्थित मस्र्याङ्दी नदीमा शव फेला परेको हो ।
लमजुङका सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार तामाङको शव भोटेओडारस्थित मस्र्याङ्दी नदीमा सोमबार दिउँसो २ बजे फेला परेको हो । भेटिएको शवको सनाखत भएसंगै जिल्ला सामुदायिक अस्पतालमा पोष्मार्टम भएको हो । पोष्टमार्टमपश्चात् मंगलबार नै प्रहरीप्रशासनले तामाङको शवलाई आफन्तको जिम्मा लगाएको छ ।
२ जना अझै भेटिएनन्
यस्तै, गएको बुधबार नै मस्र्याङ्दी नदीले बगाएर हराएका २ जना अझै भेटिएका छैनन् । नदीमा बगेर हराएका दोर्दीखोला जलविद्युत आयोजनाको पावरहाउस निर्माणमा खटिएका ३५ वर्षे बलिराम चौधरी र २५ वर्षका लक्ष्मीप्रसाद थारु भेटिएका छैनन् । उनीहरुरुको खाजी कार्य जारी छ ।
पहिरोले लियो ५ जनाको ज्यान
गएको बुधबार वर्षासंगै आएको पहिरोमा परी ५ जनाको ज्यान गएको छ । मस्र्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर बिकका अनुुसार पहिरोमा परी मस्र्याङ्दी गाउँपालिका–३, की ६५ वर्षीय अतिरुपा थापा, थापाकी ८ वर्षीया नातिनी शरिषा थापा, मस्र्याङ्दी गाउँपालिका–४, श्रीचौरकी विष्णुकली गुरुङ, मस्र्याङ्दी गाउँपालिका–३, की ७१ वर्षे ललितमाया गुरुङ र मस्र्याङ्दी गाउँपालिका–४, नासकुचेका ५९ वर्षे राजु लामा भनिने तुल्सीप्रसाद तामाङको ज्यान गएको हो । पहिरोमा परी मृत्युभएकाको परिवारलाई पहिलो चरणको राहत वितरण गरिएको पनि उनले जानकारी दिए ।
सम्बन्धित समाचार
लमजुङ: बाढीपहिरोमा परेर ३ जनाको मृत्यु, ४ जना बेपत्ता
लमजुङ : पहिरोमा ज्यान गुमाएकाको परिवारलाई घरमै पुगी राहत रकम प्रदान
सम्बन्धित खबर
खेलकुदले राष्ट्रको गौरव, शान, मान, पहिचान स्थापित गरेको छः प्रदेश प्रमुख भट्ट
लमजुङमा जिप दुर्घटना हुँदा दुई महिलाको मृत्यु, १२ जना घाइते
जिप अचानक गुड्दा चालकको च्यापिएर मृत्यु
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
पृथ्वीसुब्बा गुरुङको चुनावी प्रचारप्रसार अभियान दोर्दीबाट सुरु
लमजुङको दूधपोखरीमा डुबेका १८ वर्षीय मनोजको शव डेढ महिनापछि सशस्त्रले निकाल्यो
यो पनि पढौँ
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
कैलालीमा मरेको ब्रोइलरको मासु खाँदा दुई दाजुभाइको मृत्यु, आमा र भाइ अस्पतालमा
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)