गत वैशाख महिनामा पोखरा महानगरपालिकाले एउटा विज्ञ समूह गठन गर्यो। सुन्दर पोखरालाई थप व्यवस्थित र सुन्दर बनाई राख्न, घर निर्माणमा मापदण्ड तयार गर्न विज्ञ समूह गठन गरिएको थियो। प्रा.डा. भरत पहारी विज्ञ समूहको संयोजक बने ।
उनै पहारी महानगरले गरेको नक्सापासलाई बेवास्ता गरी लेकसाइडमा नौतले घर ठड्याइरहेका छन्। पोखरामा केही वर्ष यता नै तीन तलासम्मको मात्र घर बनाउन नक्सापास हुँदै आएको छ। केहीले नक्सापाससम्बन्धी व्यवस्थालाई बेवास्ता गरी धमाधम गगनचुम्बी घर निर्माण गरिरहेका छन्। तर, विज्ञ समूहको संयोजक नै मापदण्डलाई बेवास्ता गरी नक्सापास गरे भन्दा धेरै तला अग्लो घर बनाईरहेका हुन् ।
पहारीले आफूलाई फाइदा हुने हिसाबले महानगरपालिकालाई प्रतिवेदन बुझाएका छन्। महानगरले गठन गरेको विज्ञ समूहले गत साउनमा नै अध्ययन प्रतिवेदन बुझाएर पोखरामा ४० तले सम्म घर बनाउन सकिने बताएको छ। ‘हामीले थुप्रो मिहिनेत गरेर, पसिना चुहाएर प्रतिवेदन बनाई महानगरलाई बुझाएका छौँ, विज्ञ समूहका संयोजक पहारीले भने ‘पोखरामा २० तले, ३० तले, ४० तले घर बनाउन सकिन्छ। हामीले कसैको सनकको भरमा अध्ययन गरेर प्रतिवेदन बनाएका होइनौँ। पोखराको थप सुन्दरता कायम राख्न हाम्रो प्रतिवेदनले सहयोग गर्छ।’
पहारी भने बस्ती विकास ऐन २०७० अनुसार आफूले नौ तले घर निर्माण गरिरहेको बताउँछन्। महानगरपालिकाभित्र निर्माण भएका घरहरूले मापदण्ड पूरा नगरेको महानगर स्वीकार्छ। ‘यहाँ मापदण्ड एकातिर छ, काम अर्काेतिर छ,’
पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदीले भने, ‘पोखरा महानगरपालिका भित्र घर बनाउन दुई वटा मापदण्ड तयार भएको छ, लेकसाइडमा दुईतलेभन्दा ठूला घर बनाउन नपाइने र अन्य क्षेत्रमा ३५ फिट सम्मको उचाइमा घर बनाउन पाइने। ३५ फिटमा तीन तले घर बनाउन सकिन्छ।’
दुई तले मात्र घर बनाउन पाइने ड्यामसाइटमा सात तले घर बनिरहेको सूचना महानगरलाई पुगे पनि महानगर केही गर्न सक्ने स्थितिमा छैन। ‘ड्यामसाइटमा पनि साततले घर बनिरहेको छ रे’, सुवेदीले भने, ‘पोखराको सुन्दरता नबिगार्न महानगरले चालेको कदमलाई कतैबाट सहयोग भएन।’
थाहा खबरका लागि पोखरा संवाददाता सन्तोष अधिकारीले लेखेको समाचार साभार ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए