गण्डक न्यूज । पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा बामपन्थी प्यानलका दामु अधिकारी विजयी भएका छन् । उनले लोकतान्त्रीक प्यानलका रवीन्द्रबहादुर प्रजूलाई ७ मत अन्तरले पराजित गरेका हुन् । दामु अधिकारीको १४७८ मत र रवीन्द्र बहादुर प्रजूको १४७१ मत आएको छ ।
पदाधिकारीका अन्य पदमा प्रजू प्यानलले जितेको छ । वरिष्ठ उपाध्यक्षमा नारायण कोइराला विजयी भएका छन् । उनले १७१५ मत ल्याएका छन् भने यदुनाथ अधिकारीले १२३५ मत ल्याएका छन् । उद्योगतर्फ उपाध्यक्षमा विन्दु कोइराला सुवेदी १७११ मत सहित विजयी भएका छन् । गीता कुमारी तिवारी गौतमको १२३८ मत आएको छ ।
उपाध्यक्ष वाणिज्यतर्फ पवनकुमार प्रजापती १८३६ मत सहित विजयी भएका छन् । यमनाथ पौडेलको ११०५ मत आएको छ । महासचिवमा अर्जुन पोखरेल १७०२ मतसहित विजयी भएका छन् । महासचिवका प्रतिस्पर्धी किसान सुनारको १२४८ मत आएको छ ।
कोषाध्यक्षमा सुरेन्द्रमान बिजुक्छे १५०२ मत सहित विजयी भएका छन् भन प्रेमबहादुर भुजेलको १४४५ मत आएको छ । उपमहासचिवमा चिनु कुमारी गुरुङ विजयी भएकी छन् । उनले सीता बराललाई पराजीत गरेकी हुन् । चिनु गुरुङले १५९१ मत ल्याउँदा सीता वरालले १३८८ मत प्राप्त गरिन् ।
औपचारिक घोषणा हुन बाँकी छ । निर्वाचन कमिटिले आधिकारीक घोषणा भने गरेको छैन ।


सम्बन्धित खबर
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
बिक्रेतालाई ग्यास सञ्चित गरेर नराख्न आग्रह
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो